काठमाडौं । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैलाई काखा कसैलाई पाखा नगर्ने बताएका छन् ।
आफू निर्वाचित भएपछि आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताए ।
जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफू चुनावी मैदानमा आउनु परेको भन्दै उनले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताए ।
सामान्य त्रुटिका कारण पाँच वर्षका लागि पाँच महिनाअघि निर्वाचित भएर गएपनि पुनःमत माग्न आउनु परेको भन्दै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताए । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै उनले संसदमा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-