काठमाडौं । अर्थमन्त्री डां प्रकाश शरण महत र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार भएको भेटका क्रममा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा लैजानेबारे छलफल भएको हो।
त्यसैगरी मुस्ताङ, रसुवागढीजस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङमार्गहरु बनाउने विषयमा छलफल भएको छ। चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्र्याउने विषयमा पनि छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री डा। महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने बताएका थिए। भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएको सचिवालयले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-