अमेरिका l न्युयोर्क प्रहरीले ब्रुकलिनमा दर्जनौ शव फेला पारेको छ । ब्रुकलिनको एक फ्युनरल होम बाहिर यु हल ट्रकमा स्टोर गरि राखिएको अवस्थामा ती शवहरु प्रहरीले फेला पारेको हो । ती शवहरु ट्रकमा स्टोर गरि राखिएको भएपनि कतिपय रेफ्रिजेरेटरमा समेत थिएनन । ब्रुकलिनको एण्ड्रु क्लेकली फ्युनरल होम बाहिर राखिएका शवहरु ट्रकमा सुताएर राखिएको थियो ।
शव झण्डै ६० को संख्यामा हुन सक्ने अनुमान गरिएको छ । न्युयोर्क प्रहरीले ती शवहरुको बारेमा अनुसन्धान भइरहेको बताएको छ । फ्युनरल होमबाहिर ट्रकभित्र शवहरुलाई अलपत्र अपवस्थामा राखिएको बारे स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए । ती शवहरु कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको भएको अनुमान लगाइएको छ । बु्रकलिन बोरोका अध्यक्ष इरिक आदमले शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा आपत्ती जनाउदै सीटीले तत्कालै व्यवस्थापन गर्नुपर्ने माग गरेका छन ।
यु हल ट्रकमापनि शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा विरोध हुंदै आएको छ । न्युयोर्कमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अत्यधिक बढेपछि शव व्यवस्थापन प्रमुख चुनौतीका रुपमा रहंदै आएको छ । सिमित संख्यामा भएका अन्त्यष्टि घर अर्थात फ्युनरल होमले मृतकको चाप थेग्न नसकेका कारण शवहरु कैयन दिनसम्म अलपत्र पर्ने गरेको छ । यसले संक्रमण झन फैलिन सक्ने भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-