Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन

बैशाख १८, २०७५ २:०३ मा प्रकाशित
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
Share on FacebookShare on Twitter

सुरुङ्गा, झापा, १८ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताउनुभएको छ ।

आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विद्यालय जान नपाएका सबै बालबालिकाको खोजी गरी विद्यालयमा ल्याउन जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भनेर आफूले नै कर्णाली पुगेर यो अभियान शुरु गरेको हूँ भन्नुभयो ।

“तपाईं गाउँ गाउँ गएर विद्यालय जान नपाएका बालबालिका खोजेर विद्यालयसम्म ल्याउनुहोस्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुनुहुँदैन ।”

अपाङ्गता भएका बालबालिकालाई पनि सरकारले विशेष व्यवस्था गरेर शिक्षा लिने व्यवस्था सरकारले मिलाउने उहाँले बताउनुभयो । “अब पनि बालबालिका विद्यालय जान पाएनन् भन्ने कुरा सुन्नु लाजमर्दो हो”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिहरु, तपाईंहरु यो महिनाभर गाउँ गाउँ जानुहोस्, सबै बालबालिकालाई विद्यालयमा ल्याउनुहोस् ।” उन्नति प्रगतिका लागि पहिलो खुड्किलो शिक्षा भएका कारण शिक्षा लिनबाट वञ्चित भए देशले उन्नति गर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले आज नै चारपाने–चैतुबारी–मोतीगढ, साधुकुटी–घोडामारा–राजगढ सडकखण्डको स्तरोन्तिको शिलान्यास गर्नुभएको छ । त्यस्तै उहाँले ग्रामीण सडक सञ्जाल आयोजनाअन्तर्गत निर्माण गरिएको लक्ष्मीपुर–साधुटार सडकखण्डको समेत उद्घाटन गर्नुभयो ।

उहाँले आफ्नो सम्बोधनमा भूमिहीनका नाममा जताततै जग्गा हडप्नेलाई सरकारले नछोड्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले आजै अर्जुनधारा नगरपालिका भएर बग्ने विरिङ खोलामा निर्माण गरिने पक्की पुलको शिलान्यास गर्नुभएको छ भने ग्रामीण सडक सुधार योजनाअन्तर्गत पाडाजुँगी–झर्का, बालुवथान–चप्रामारी, खजुरगाँछी सडकको स्तरोन्नतिको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली आज र भोलि झापामा बस्ने कार्यक्रम रहेको छ । झापामा रहँदा उहाँले विभिन्न विकास योजनाको उद्घाटन, शिलान्यास र बुधबारदेखि प्रधानमन्त्रीको गृह नगर दमकमा शुरु हुने दमक गोल्डकप फुटबलको उद्घाटन गर्नुहुने बताइएको छ ।

प्रधानमन्त्री ओली बुधबार आफ्नै गृहनगर दमकमा हुने झण्डै आधा दर्जन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । दमक नगरपालिकाले घोषणा गरेको धिमाल जातिको प्रतिमाको उद्घाटन गर्ने कार्यक्रम छ भने दमक–१ मा खानेपानी योजनाको समेत उद्घाटन गर्दै हुनुहुन्छ । यसैगरी, प्रधानमन्त्री ओलीले दमकको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको नमूना बजारको समेत उद्घाटन गर्नुहुनेछ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई हुनुहुन्थ्यो ।रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result