Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

बैशाख १९, २०७५ ३:४२ मा प्रकाशित
निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गर्नुभयो ।

तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक आयोजित सो सम्मेलनमा सिँचाइमार्फत कृषि उत्पादन कसरी वृद्धि गरी गरिबी निवारणमा योगदान पु¥याउने भन्ने रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालय र सिंँचाइ तथा जल विकास नियोगद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनको नारा ‘हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने रहेको छ । जलस्रोतका क्षेत्रका काम गर्ने सो नियोग विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । नेपालले सो संस्थाको सदस्यता सन् १९७३ मा लिएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाहमुखी नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण गर्नुपर्ने खाँचो आँैल्याउनुभयो । उहाँले भन्नुभयो, “कृषि उत्पादन बढाउन दिगो सिँंचाइ प्रणाली आवश्यक पर्छ, अबको योजना कृषि र सिँचाइलाई अलगअलग रुपमा नभई समन्वयात्मक रुपमा अगाडि बढाउनुपर्छ ।”

जथाभावी रुपमा जमिन खण्डीकरण गर्ने प्रवृत्तिलाई रोक्न, चुरे क्षेत्रलाई थप संरक्षण गर्न राष्ट्रपति भण्डारीले आग्रह गर्दै कृषि, वन, वागवानी र सिँचाइ नै नेपालका विकास र समृद्धिका आधार हुन् भन्नुभयो । उहाँले व्यवस्थित सिँचाइ बिना दिगो विकास सम्भव नहुने चर्चा गर्दै जलवायु परिवर्तनका असर जलस्रोत र कृषिका क्षेत्रमा कसरी कम पर्न दिन सकिन्छ भनेर थप अध्ययन अनुसन्धानमा ध्यान दिन आग्रहसमेत गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्री वर्षमान पुनले आर्थिक समृद्धिका लागि नेपाल सरकारले ऊर्जा, जलस्रोत र सिँचाइ तीन क्षेत्रमा विशेष ध्यान दिएको बताउनुभयो । उहाँले तीनै तहको राजनीतिक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थायित्वका साथ अगाढि बढिरहेको चर्चा गर्दै वर्षभरि सिँचाइ हुने नयाँ प्रविधि, ऊर्जामा नयाँ नयाँ लगानीमा सरकारले जोड दिइराखेको छ भन्नुभयो ।

नियोगका अध्यक्ष फेलिक्स राइन्डर्सले नेपालको जलस्रोत नै आर्थिक विकासको आधार हुने हुँदा पानीको अधिकतम सदुपयोगका ध्यान दिन सुझाव दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले सिँचाइ तथा जल व्यवस्थापनमा थप विकास गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result