Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने : पर्यटन मन्त्री

बैशाख २०, २०७५ १०:४४ मा प्रकाशित
जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने : पर्यटन मन्त्री
Share on FacebookShare on Twitter

चरिकोट, २० वैशाख / जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् ।

बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी पुरानो बन्द अवस्थामा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउने पहल गर्ने बताउनुभएपछि स्थानीयबासी झनै उत्साहित बनेका हुन् ।

दोलखाको खरिढुंगामा एक गैरसरकारी संस्थाले निर्माण गरेको विद्यालय भवन उद्घाटनका क्रममा दोलखा आउनुभएका अधिकारीले जिरी एयरपोर्ट पुनः सञ्चालनको सम्बन्धमा स्थलगत निरीक्षण गर्नुभएको हो ।

जिरी विमानस्थलको धावनमार्ग नजिकै भएको छोटो अन्तक्र्रिया कार्यक्रमकावीच मन्त्री अधिकारीले विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न आफू तयार रहेको बतानुभयो । जिरी वास्तवमा नै निकै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै जिरी नआउँदा नेपालको घुमफिर अधुरो रहने टिप्पणी गर्नुभयो ।

विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट नापीको बेला कृषि मन्त्रालयअन्तर्गत जानु ठूलो भूल भएको बताउँदै अब फेरि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नै ल्याई आन्तरिक हवाई सेवा सञ्चालनका लागि आफूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

उहाँले विशेषगरी काठमाडौँको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ हिमाल लगायत पूर्वी क्षेत्रको पर्वतीय उडानका लागि जिरी एयरपोर्ट उपर्युक्त रहेको बताउनुभयो । उहाँले रामेछापको मन्थलीमा हाल सञ्चालनमा रहेको एयरपोर्ट आवतजावतका लागि ठीक भएता पनि पर्यटकीय दृष्टिकोणले जिरीमा समेत हवाई सेवा सञ्चालन अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंकबहादुर जिरेलले जिरी एयरपोर्ट पुनः सञ्चालनका लागि विगतमा भएको प्रयासबारे जानकारी दिनुभयो । उहाँले २०५२ साल अगाडिसम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट तत्कालीन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिनसमेत कृषिब्लकअन्तर्गत नापी गरिएकाले हाल एयरपोर्ट सञ्चालनमा समस्या परिरहेको बताउनुभयो ।

२०४४ सालमा जिरी—लामोसाँगु सडक निर्माणपछि बन्द भएको हवाई सेवा २०५३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा नै ४०० मिटर रनवेलाई उत्तरतर्फ बढाइ ६०० मिटर कायम गरी ३० सेमी ग्राभेलिङसमेत गरी पुनः सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरी प्रक्रिया अगाडि बढाइएको भए पनि उक्त फाइल मन्त्रालयबाट हराएको र पुनः २०७२ सालमा आनन्दप्रसाद पोखरेल पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा फेरि विस्तृत आयोजना प्रतिवेदन डिपिआरसहित तारा एयरलाइन्सको सफल परीक्षण उडानसमेत भइसकेकाले एयरपोर्ट सञ्चालनका लागि जग्गाको स्वामित्वबाहेक अन्य कुनै प्राविधिक समस्या नरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुङले समेत भौगोलिक तथा पर्यटकीय हिसाबले जिरी उत्कृष्ट रहेको बताउँदै जिरी एयरपोर्ट तत्काल सञ्चालन गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । करीब एक घण्टाको अन्तक्र्रियामा जिरीस्थित राजनीतिकदलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result