विश्व स्वास्थ्य संस्थाले विश्वव्यापी रूपमा कोविड -१९ को खोप विकाश गर्नका लागि १०८ स्थानमा प्रयास भएको जनाएको छ। व्यक्तिलाई पहिलो पटक अमेरिकाको नेशनल इन्स्टिचुट अफ हेल्थ (एनआइएच) ले परिक्षण गरेको छ। मार्च १६ मा सियाटलमा केहि व्यक्तिमा एनआइएचले पहिलो परिक्षण गरेको थियो। गत हप्ता जर्मनमा व्यक्तिलाई खोपको परिक्षण गरेका कम्पनि फाइजर र बायोएनटेकले अमेरिकामा समेत व्यक्तिमा खोपको शुरुवात गरेका छन्। ब्यक्तिगतरुपमा खोपको परिक्षण गरेसंगे कम्पनीको शेयर भाउमा समेत ब्रिद्दि भएको छ। खोप निकाल्नु भनेको अहिलेको समयमा विश्वलाई खतराबाट को अलावा आफ्नो देशलाई अग्रपंक्तिमा राख्नु समेत भएको हुँदा सबै देश यसको बिकासमा लागेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-