काठमाडौं । जिम्बाब्वे ‘ए’ विरुद्धको काठमाडौंको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एकदिवसीय क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको छ।
जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ शेखले ३४ र विनोद भण्डारीले ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । आसिफले ३१ बलमा ६ चौका प्रहार गर्दै ३४ रन जोडे ।
टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्वे ए टोलीलाई ३१ ओभर ५ बलमा समेट्न सफल भयो । जिम्बाब्वे एले ३१ ओभर ५ बलमा केवल ८७ रन बनाउन सफल भयो । जिम्बाब्वेलाई सस्तैमा समेट्न नेपालका करन केसी र सोमपाल कामीले ३–३, सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।
नेपाल र जिम्बाब्वे ए बीचको सिरिजअन्तर्गतको तेस्रो एकदिवसीय खेल बैशाख २६ गते हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-