अमेरिका । नेपाली काँग्रेसकी नेतृ एवं पूर्व परराष्ट्र मन्त्री सुजता कोइरालाले सिमा मिचिएको थाहा नहुनेलाई पदमा बस्ने नैतिकता नहुने बताएकी छिन् । नेपालको लिपुलेकमा भारतले मोटरबाटो बनाउन लागेको आफुलाई थाहा नभएको परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले बताएका थिए ।
दूरबिन नेपाल सँगको भिडियो कुराकानीमा नेतृ कोइरालाले भनिन्,’मुलुकको सिमा मिचिएको छ, बाटो बन्दै छ तर उहाँहरुलाई थाहा छैन भने कुन आधारमा सरकारको नेतृत्व गर्न सक्नु हुन्छ ? परराष्ट्र मन्त्रीले निकै फितलो कुरा गर्नु भयो मलाई थाहा थिएन भनेर त्यस्तो हो भने उहाँलाई त्यो पदमा बस्न पनि सुहाउदैन राजिनामा दिनु पर्छ ।’
सिमा विवादमा सरकार कमजोर देखिएको, अन्तर्राष्ट्रिय सम्वन्ध पनि राम्रो र परिपक्क नदेखिएको काँग्रेस विदेश विभागकी पूर्वप्रमुख कोइरालाको आरोप छ । हास्यास्पद र दुख लाग्दो कुरा गरेको भन्दै कोइरालाले थपिन,’राष्ट्रवादी देखाए तर केही काम गरेनन् ।’
भारत र बंगलादेश बीचमा पनि यस्तै प्रकारको सिमा विवाद वार्ताद्वारा समाधान भएको उल्लेख गर्दै नेतृ कोइरालाले नेपालले पनि उच्च स्तरिय वार्ता गर्नुको विकल्प नभएको बताइन् । सबै पार्टीलाई समेटेर संयन्त्र बनाउनु पर्ने कोइरालाको धारणा छ । उनले काँग्रेसले पनि वार्ताको पहल गर्ने धारणा राखिन । ‘सभापतिले भन्नु भयो भने म तयार छु ।’
अन्तरवार्ताको पूर्ण भिडियोका लागि यो लिङ्कमा जानु होला
प्रतिक्रिया लेख्नुहोस्:-