काठमाडौं । आज भएको अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा नेपालले जित हासिल गरेको छ । पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ९ विकेटले जितेको थियो ।
जिम्बावे ले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । ६१ बल सामना गरेका उनले ४ छक्का र ७ चौका हानेका थिए । त्यस्तै अर्का ओपनर आरिफ शेखले २९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६० रन बनाउँदा विनोद भण्डारीले नटआउट २८ रन बनाए ।






प्रतिक्रिया लेख्नुहोस्:-