Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन हुने

बैशाख २७, २०७५ २:५० मा प्रकाशित
अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन हुने
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ वैशाख / साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तेस्रो संकरण आगामी जेठ ५ गते आयोजना हुने भएको छ ।

‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मूल नारासहित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले उक्त प्रतियोगिता आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको पर्यटकीय क्षेत्र रसुवाको लाङटाङको पुनः निर्माणस्वरुप टानले विगत दुई वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । यो तेस्रो पटक हो ।

कुल ४२ दशमलव १९५ किलोमिटर म्याराथन क्याङजिङ गुम्बादेखि शुरु भई घोडातबेला, शेर्पागाउँ, खन्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर टुंगिने आयोजकले जनाएको छ ।

म्याराथनका महिला र पुरुष दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः रु एक लाख पाँच हजार, रु ७८ हजार ७५० र रु ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

उक्त म्याराथनमा स्वदेशी तथा विदेशी गरी १०० जना खेलाडी प्रतिस्पर्धा गर्नेछ । आगामी दुई वर्षमा कम्तीमा २०० विदेशी खेलाडिलाई सहभागिता गराउने अठोटका साथ टान लागिपरेको म्याराथनका संयोजक ऋतु ग्याम्दानले जानकारी दिनुभयो ।

टानका मिडिया संयोजक गोपाल श्रेष्ठका अनुसार समुद्री सतहबाट तीन हजार ८७० मिटर उचाइको क्याङजिङ गुम्बाबाट उद्घाटन हुने प्रतियोगिताका सहभागी करिब चार घण्टा लामो यात्रा थिचोलेर स्याफ्रुबेँसीमा पुगी समापन हुनेछ ।

प्रतियोगितामा सहभागी हुन विदेशीका लागि ७५ अमेरिकी डलर तथा स्वदेशीका लागि रु दुई हजार ५०० दर्ता शुल्क लाग्नेछ ।

सो अवसरमा टानका अध्यक्ष नवराज दाहालले सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङटाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो ।

भूकम्पबाट प्रभावित लाङटाङ पूर्ववत् अवस्थामा फर्किसकेको र त्यहाँ धेरै पर्यटक पुग्न थालेको जानकारी दिदैं उहाँले यकिन विवरण नभएपनि सन् २०१७ मा आठ हजारभन्दा बढी पर्यटक लाङटाङ गएको बताउनुभयो ।

पर्यटन व्यवसायी शिव लामिछानेले पर्यटन प्रवद्र्धनाथ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसको प्रभावकारितालाई अझ बढाइनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगिताको प्रायोजक गोसाँइकुण्ड गाउँपालिका, नेपाल पर्यटन बोर्ड, रसुवा नुवाकोट पर्यटन समाजलगायत १६ भन्दा बढी संघ संस्था छन् । रासस

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result