काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई मतपत्र आफ्नो आँखाबाट ओझेल पर्न नदिन निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘मतपत्र हाम्रो आँखाबाट ओझेल पर्न दिनु हुँदैन । ओझेल पर्न नदिनकन मतपत्रको रक्षा गर्नुपर्छ । जबसम्म गणना सकिएर नतिजा आउँदैन, तबसम्म नछोड्नू ।’
०७४ को चुनावमा निर्वाचन आयोग र निर्वाचन अधिकृतको भूमिका ठीक नदेखिएको बताउँदै उनले भने, ‘हामीले अघिल्लो पटक देख्यौं, विभिन्न ठाउँमा निर्वाचन अधिकृतको भूमिका पनि ठीक रहेन । भरतपुरमा मतपत्र च्यात्दा पनि दही चिउरे कुरा गरे, मतपत्र च्यात्दा पनि दही चिउरे कुरा गरे ।’
प्रतिक्रिया लेख्नुहोस्:-