काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यायाधीशले जस्तो फैसला सुनाउँदै नहिँड्न सुझाव दिएका छन् ।
महामन्त्री थापाले मंगलबार काठमाडौं महानगरपालिकामा आयोजित चुनावी सभामा यस्तो बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले नेताले जवाफ दिने र जनताले प्रश्न सोध्ने बेला चुनाव भएको बताए । ‘चुनाव भनेको प्रश्न गर्ने, जवाफ खोज्ने बेला हो । चुनावमा पनि नेताले नै आएर प्रश्न गर्छ भने त्यसको अर्थ छैन,’ उनले भने, ‘नेता न्यायाधीश होइन । एमालेको अध्यक्ष तथा पूर्वप्रधाानमन्त्री केपी शर्मा ओली न्यायाधीश होइन, अभियुक्त हो । यो बेलामा उहाँ कठघरामा उभिनुभएको बेला हो । फैसला सुनाउने पालो जनताको हो ।’
जनताले पाँच वर्ष गरेका कामको जवाफ माग्नुपर्ने थापाको भनाइ थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-