Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुवै देशका विकासका नारा परिपूरक : प्रम मोदी

बैशाख २९, २०७५ २:२७ मा प्रकाशित
दुवै देशका विकासका नारा परिपूरक : प्रम मोदी

k|wfgdGqL s]kL zdf{ cf]nL / g]kfnsf] /fhsLo e|d0fdf /xg' ePsf ef/tLo k|wfgdGqL g/]G› df]bL sf7df8f}+df cfof]lht ;+o'Qm kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ug'{x'Fb} . t:jL/ M k|lbk/fh jGt, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २८ वैशाख/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा भारतको साथ र सहयोग रहने बताउनुभयो ।

आफ्नो सरकारले भारतमा विकासका लागि ‘सबका साथ सबका विकास’ को नारा अघि सारेको र नेपालमा पनि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सार्नुभएको उल्लेख गर्दै उहाँले दुवै नारा एकअर्काका परिपूरक भएको टिप्पणी गर्नुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध सरकारभन्दा माथि रहेको चर्चा गर्दै प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्ध जनस्तरमा गहिरो र मित्रतापूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो नेपाल यात्रा एक यस्तो ऐतिहासिक समयमा भएको छ जतिखेर नेपालमा तीन तहका निर्वाचन सफलरुपमा सम्पन्न भएका छन्, नेपालको इतिहासमा यो काल स्वर्णीम अक्षरले लेखिनेछ ।”

आफू प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल भ्रमणमा आएको बताउँदै उहाँले यसबाट नै आफ्नो र भारतसँगको नेपाल सम्बन्ध कति गहिरो छ भन्ने पुष्टि भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री मोदीले विकास यात्रा र राष्ट्र निर्माणका लागि प्रधानमन्त्री ओलीको नेतृत्व भरोसा प्राप्त भएकामा शुभकामना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला दुई देशको विकासको सम्भावनाका बारेमा प्रशस्त छलफल भएको बताउँदै उहाँले छोटो समयमा नै नेपाल र भारतबीचमा विभिन्न मुद्दामा छलफल भई कतिपय मुद्दामा कामसमेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचमा भएका कृषि, रेल र जलमार्गमा काम अघि बढाउन शुरुआत भएको छ ।” यस सम्झौताले दुवै देशको जनताको व्यवसायमा अभिवृद्धि हुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “नेपाल भूपरिवेष्ठित मुलुक होइन, बरु जमिन र जल यातायातले सम्पर्क सञ्जालले जोडियोस्, प्रधानमन्त्री ओलीको यस दृष्टिकोणलाई साकार बनाउन भारत हरसम्भव सहयोग गर्ने प्रतिबद्धता छ ।”

नेपालको स्वास्थ्य क्षेत्रका सहयोगको नयाँ कदम उठाएको उल्लेख गर्दै उहाँले भक्तपुरको क्यान्सर अस्पतालमा बिरामीको उपचारका लागि रेडियो थेरापी मेसिन जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संखुवासभामा रहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको शिल्यान्यासले रोजगारका अवसरका साथै आर्थिक र व्यावसायिकता उत्पन्न हुने उहाँको भनाइ थियो । सो परियोजना आज शिलान्यास गरिएको छ ।

नेपाल र भारत आदिकालदेखि नै नदी र हिमालय पर्वतमालाले जोडिएको बताउँदै उहाँले वर्तमान समयमा आफूहरु रेलमार्ग, जलमार्ग, प्रशारण लाइन र पाइपलाइनले जोडिन अत्यधिक प्रयासरत छौँ भन्नुभयो ।

दुई देशको सिमाना खुला भएको र यसमा अवान्छित तत्वद्वारा दुरुपयोग हुन नदिने बताउँदै दुवै देशका प्रधानमन्त्री सिमानाको रक्षा र सुरक्षा मजबुत बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । दुवै देशको पर्यटन प्रवद्र्धनका लागि रामायण र बुद्ध परिपथलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले रामायण परिपथलाई जोड्न आजमात्रै काम अघि बढेको जानकारी गराउनुभयो । उहाँ दुईदिने नेपालको राजकीय भ्रमणका लागि आजै यहाँ आइपुग्नुभएको हो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result