Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न भारत तयार : प्रम मोदी

बैशाख २९, २०७५ २:१८ मा प्रकाशित
नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न भारत तयार : प्रम मोदी

k|wfgdGqL df]bL–;Daf]wg g]kfnsf] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf k|wfgdGqL g/]Gb| df]bL zlgaf/ sf7df8f}Fdf gful/s clegGbg ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk /fh jGt, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २९ वैशाख/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकतामुताबिक जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको सम्मान कार्यक्रममा नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने कार्यक्रमलाई सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “नेपालको खुशी भारतको खुशी हो । नेपालको सफलता र खुशीका लागि हरतरहको आवश्यकतामा भारतको साथ रहन्छ ।”

उहाँले विकास र समृद्धिको यात्रामा नेपालसँग काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको उल्लेख गर्दै रेलमार्ग, सडकमार्ग, एकीकृत जाँच चौकी, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन जस्ता विषयहरू अगाडि बढिसकेको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो – “नेपालको समृद्धि र विकासका लागि पर्वतारोहीलाई शेर्पाले सहयोग पुर्याए जस्तै भारत शेर्पा भएर काम गर्न तयार छ ।”

काठमाडौँलाई रेलमार्गबाट भारतसँग जोड्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम शुरु भएको जानकारी दिदै उहाँले सो कार्य छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

एकै वर्षमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन गरी लोकतान्त्रिक सरकार गठन गरेकामा सो कार्यको सराहना गर्दै उहाँले अब लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने माहोल बनेको धारणा व्यक्त गर्नुभयो ।

‘राजा जनकको शस्त्र तोड्ने र स्नेह जोड्ने’ भावना विश्वका लागि नै प्रेरणाको स्रोत बन्न पुगेको प्रधानमन्त्री मोदीको कथन थियो ।

आफू बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि उपयुक्त समयमा पुनः नेपाल आउने वचनबद्धता प्रकट गर्दै उहाँले आफूले भ्रमण गरेका जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ केवल महत्वपूर्ण तीर्थस्थल मात्र नभई नेपाल र भारतबीचको सम्बन्धको पर्वतमाला हुन् भन्नुभयो ।

नेपालको प्राकृतिक र सांस्कृतिक सम्बन्धका बारेमा काव्यात्मक शैलीमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री मोदीले नागार्जुन र शिवपुरी जंगल, बागमती नदी, हजारौं मन्दिर, मञ्जुश्री गुफा, बौद्ध विहार, कला र संस्कृति रहेको काठमाडौँलाई विश्वको अनौठो शहरको रुपमा चित्रण गर्नुभयो ।

उहाँले भन्नुभयो – “पश्चिमतिर धौलागिरि, अन्नपूर्ण र अर्कोतर्फ सगरमाथा र कञ्चनजंगा रहेका छन् । यस्तो दृश्य विश्वमा कही पनि सम्भव छैन । त्यो केवल काठमाडौँमा मात्रै रहेको छ ।”

सबै स्वस्थ हुन्, सबैको कल्याण होस्, कसैलाई पनि दुःख नपरोस् भन्ने शास्त्रको भनाइ र मान्यता जस्तै उहाँले आफ्नो विदेश नीति सबैलाई साथमा लिएर अगाडि बढ्नेमा आधारित रहेको उल्लेख गर्नुभयो । उहाँले खेलको माध्यमबाट पनि जनस्तरमा सम्बन्ध थप प्रगाढ भएको उल्लेख गर्दै हाल भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगितामा नेपालमा खेलाडी सन्दिप लामिछानेको सहभागिता त्यसैको उदाहरण हो भन्नुभयो ।

नागरिक अभिनन्दन समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासमा भारत सधैं सहयोगी रहेको बताउँदै मोदीको बहुआयामिक नेतृत्वमा भारतले गरिरहेको विकासप्रति खुशी व्यक्त गर्नुभयो ।

उहाँले मोदीको स्वच्छ भारत अभियानबाट नेपालका शहरले विकासको काममा प्रेरणा लिन सक्ने उल्लेख गर्दै दुई देशबीचका उच्चस्तरीय भ्रमणबाट आपसी सम्बन्ध अरु गाढा र फराकिलो हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई जीवन्त र समृद्ध शहरका रुपमा विकास गर्न योजनासहित आफूहरु लागिरहेको अवगत गराउनुभयो ।

कलात्मक साँचो हस्तान्तरण

प्रमुख शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौँ महानगरपालिकाको कलात्मक साँचो हस्तान्तरण गर्नुभयो । भारतका प्रधानमन्त्री मोदीका लागि काठमाडौँको ढोका सधैं खुला छ भन्ने सन्देश सो साँचोले बोकेको छ । प्रमुख शाक्यले उपहार स्वरुप प्रधानमन्त्री मोदीलाई बुद्धको ५० किलोग्रामको कलात्मक मूर्ति र मयूर झ्याल प्रदान गर्नुभयो ।

समारोहमा संघीय सरकारका मन्त्रीहरु, प्रदेश नं ३ का मुख्यमन्त्री, यहाँस्थित कूटनीनिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result