Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेल बन्ने

बैशाख ३०, २०७५ १:४६ मा प्रकाशित
पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेल बन्ने
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० वैशाख ९ / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सन्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी आफ्नो भ्रमण सकेर फर्कने क्रममा आफूले टेलिफोनमा कुराकानी गर्ने क्रममा प्रशंसापूर्वक ढंगले भ्रमण सफल भएको र दुई देशबीचको सम्बन्धलाई समुचित आधारमा अगाडि बढाउने उल्लेख गर्नुभएको जानकारी दिनुभयो ।

“भ्रमणले उपयुक्त प्रतिफल दिनेमा म विश्वस्त छु, हामी एउटा नयाँ युगमा प्रवेश गरेका छौँै अब, द्विपक्षीय, बहुपक्षीय र सर्वपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय नीति र उत्तरदायित्वलाई समेत आत्मसात् गरी स्थायित्व, विकास र समृद्धिको दिशामा सबै एक भएर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । भ्रमणले विगतमा देखिएका असझदारी र नमिल्दा कुरालाई सच्याएर उपयुक्त
हिसाबले जान सहमत गराएको उल्लेख गर्दै उहाँले भ्रमणका क्रममा देखापरेको राष्ट्रवाद तथा जनताको सजगतापूर्ण सद्भावको सराहना पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा कुनै असर नपु¥याई आफ्नो मामिलामा आफँै निर्णय गर्न कुनै अवरोध नपर्ने गरी दुवै पक्ष सहमत हुनु सकारात्मक उपलब्धि हो भन्नुभयो । कृषि क्षेत्रको विकास र सहकार्यमा आवश्यकताका आधारमा गरिनुपर्ने कामलाई दुवै देशले प्राथमिकता दिई कुन क्षेत्रमा के कस्ता विषयलाई समेट्न सकिन्छ भनेर विज्ञ समूह गठन गरी कार्यसूची बनाएर चाँडै कृषिमन्त्रीस्तरीय वार्ता गरिने उहाँले उल्लेख गर्नुभयो ।

मुलुकको समृद्धिसँग जोडिएको काठमाडौँ–रक्सौल रेलमार्ग आगामी पाँच वर्षभित्र भारतीय लगानीमा बन्ने बताउँदै प्रधानमन्त्री ओलीले काठमाडौँ–रक्सौल रेलमार्ग सञ्चालनका लागि संयुक्त कार्यदल बनाएर छिट्टै अध्ययन शुरु गरिने उल्लेख गर्नुभयो ।

दुई देशबीचको असाधारण व्यापार घाटा कम गर्न आगामी तीन महिनाभित्र व्यापार सन्धि पुनरवलोकन गरी भारतीय बजारमा नेपाली उत्पादन निर्यात बढाउन, चिया, अदुवा, जुट, अलैँचीलगायत वस्तुको निर्यात बढाउने सहमति भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले नेपाल प्रवेश गर्ने हवाई मार्ग बढाउन, तराईमा डुबान समस्या समाधान
गर्न भ्रमणका क्रममा कुरा उठाएको र त्यसमा भारत सरकार सकारात्मक रहेकाले संयुक्त कार्यदल बनाई काम अघि बढाइने बताउनुभयो ।

ऊर्जा व्यापारमा रहेको असमझदारी हटाई द्विपक्षीय व्यापार प्रवद्र्धनमा समान नीति बनाउने सहमति भएको छ भन्दै प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदनसम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

नेपालले थप बन्दरगाहको प्रयोग गर्ने विषयमा समेत छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले सडक सञ्जालको विस्तार र विकासमा महत्वपूर्ण विचारविमर्श भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीले भ्रमणका क्रममा व्यक्त गरेका आवश्यकता र प्राथमिकताका आधारमा अघि बढ्नुपर्ने अभिव्यक्ति सराहनीय रहेको बताउँदै दुई देशबीचको सम्बन्ध नयाँ उचाइका साथ समान हैसियतमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले हालै देशका विभिन्न स्थानमा असिनापानीबाट भएको बालीनालीको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि निर्देशन दिइसकिएको बताउनुभयो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result