काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको माग बमोजिम पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका साथसाथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-