Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत

जेष्ठ १, २०७५ ११:३२ मा प्रकाशित
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत
Share on FacebookShare on Twitter

जनकपुरधाम, १ जेठ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ ।

माता जानकीप्रति उहाँकोे आस्था, मिथिला र मैथिलीको गरिमाबारे चर्चा, जनकपुरधाम–अयोध्या बस सेवाको थालनी र रामायण सर्किटको घोषणाले यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको हो ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जनकपुरधाम र अयोध्याको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन र तीर्थयात्रीको ओइरो लाग्ने स्थलकोरुपमा विकास गर्ने प्रस्ताव गर्नुभएको र सो प्रस्तावले व्यावहारिक रूप लिएमा धार्मिक पर्यटकका लागि लाभदायी हुने देखिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसमक्ष सीता–राम विवाहका अवसरमा अयोध्याबाट जनकपुरधाम आउने जन्तीलाई अयोध्याबाट आफूले बिदाइ गर्ने र सो जन्तीलाई जनकपुरधाममा यहाँका प्रधानमन्त्रींले स्वागत गर्ने परम्पराको थालनी गर्न प्रस्ताव गर्नुभएको र सो प्रस्ताव कार्यान्वयन भएमा यहाँको प्रचारप्रसार र विकासमा ठूलो योगदान पु¥याउन सक्ने धारणा महन्त दासको छ ।

जनकपुरधाम प्राचीन वृहदारण्य, विदेहभूमि, मिथिला, नैमिकानन, शाम्भवी, तपोवन, स्वर्णलाङ्गल, ज्ञानक्षेत्र, क्रियापीठ, जानकी जन्मभूमि, तीरभुक्ति र विश्वभाविनीका नामबाट प्रख्यात थियो ।

उच्च सभ्यता, ज्ञान विज्ञान र धनधान्यको केन्द्र, शास्त्रलेखन, कला, यज्ञ–तप, तत्वबोध चिन्तन विद्वान् विदुषीको सभा, गोष्ठी, शास्त्र चर्चा, प्रश्नोत्तर र शास्त्रार्थको केन्द्रको नामले परिचित जनकपुरधाममा अहिले पनि त्रेतायुगको गाथा गाइने भएकाले दुबै जनकपुर र अयोध्यामा वर्षेनी दुबै देशका लाखौं तीर्थयात्रीको ओइरो लाग्ने हुँदा उल्लिखित प्रस्ताव महत्वपूर्ण आधार बन्न सक्ने आशा पलाएको छ ।

त्रेतायुगमा भगवान् राम र सीताको वैवाहिकस्थल भएको स्मरण गर्दै जनकपुरधाम बिना भारतको धाम र भगवान् राम पनि अधुरो हुने, भारतीय नागरिकको तर्फबाट रु १०० करोड भारतीय रकम माता जानकीलाई समर्पण, मिथिला कला, मिथिला नारी, पर्यावरण, गार्गी, अष्टावक्रको चर्चा गर्दै मिथिलाको विशिष्टताका सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको ‘पग–पग पोखरी माछ मखान, सरस बोल मुस्की मुख पान, विद्या, वैभव, शान्ति प्रतीक, सरस क्षेत्र मिथिलाञ्चल’ (पाइला–पाइलामा पोखरी, माछा, मखान, मीठो मुस्कान, विद्या, वैभव, शान्तिको प्रतीक र सरस क्षेत्र) मिथिला हो भन्ने अभिव्यक्ति पनि आउने दिनमा यहाँ आउने तीर्थयात्रीका लागि प्रेरणाको स्रोत बन्ने पक्का छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि जनकपुरधाम–अयोध्या सम्बन्ध र दर्शन, शास्त्र, शास्त्रार्थको प्रसङ्ग उल्लेख हुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई उत्पे्ररित गरेको छ । प्राचीन सभ्यताको विकासका साथै सनातन वैदिक धर्मका रूपमा मिथिला रहेको पृष्ठभूमिमा घोषित रामायण सर्किटअन्तर्गत जनकपुरधामलगायत धनुषाधाम, वाल्मीकि आश्रमलगायतलाई एकीकृत पथमा जोड्ने अवधारणाले समेत आशा जगाइदिएको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरको धार्मिक तथा सांस्कृतिक विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप घोषणा गरिएको रामायण सर्किट रामको जीवनका तीन वटा अध्याय जन्म, विवाह र रावण वधसँग सम्बन्धित स्थलको तीर्थाटनमा आधारित परियोजना हो ।

भारतको पर्यटन मन्त्रालयबाट भारतभर तीर्थालु घुमाउने योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट पनि एउटा हो । यो परियोजनाभित्र अयोध्या, शृंगपुर, चित्रकुट, सीतामढी, बक्सर दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, रामेश्वरम्, हम्पी, नासिक र नागपुर समेटिने छन् भने नेपालतर्फ जनकपुरधामलगायत भगवान् राम र सीताको जीवनगाथासँग जोडिएको धार्मिकस्थलको विकास गर्ने लक्ष्य छ । रामायण सर्किट परियोजना ( राम र सीताको पाइलाले स्पर्श गरेको स्थान) अन्तर्गत नेपाल, भारत र श्रीलंकासम्म विस्तार हुने बताइन्छ ।
जनकपुरधाम र अयोध्यालाई तीर्थाटनको क्षेत्रका रूपमा विस्तार गरिने सो परियोजनाभित्र प्राचीन पोखरी, मन्दिर, मिथिलाको विरासतको संरक्षण, रामायणकालीन तीर्थस्थललाई पर्यटनसँग आबद्ध गरी जनकपुर र अयोध्यालाई आर्थिक रूपमा सबल बनाउने मार्गचित्र समेटिएको छ । जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री हुने गरेका कारण पनि रामायण सर्किट थप पर्यटकलाई आकर्षित गर्ने माध्यम बन्ने विश्वास गरिएको छ । जानकी नवमी, विवाह पञ्चमी र रामनवमी पर्वमा समेत जनकपुरधाम र अयोध्या तीर्थाटन गर्ने तीर्थालुका लागि महत्वपूर्ण स्थल हुन सक्ने गरी परिकल्पना गरिएको रामायण सर्किट परियोजनालाई सांस्कृतिक यात्राका रूपमा लिइने विश्वास गरिएको छ ।

रामायण सर्किटले रामायणकालीन सभ्यता र संस्कृति जीवन्त हुने र परियोजना सम्पन्न भएपछि जनकपुरधाम र अयोध्याबीच ६५० किलोमिटर भूखण्डमा कृषि, औद्योगिक, परिवहन र पर्यटन क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ । आमूल परिवर्तनको संकल्प बोकेको रामायण सर्किट परियोजनाले संस्कृति समाजको जीवन मार्ग भएको तथ्य अंगीकार गर्न लगाउने छ ।
विस्मृत संस्कृतिलाई पुनर्जीवित गर्ने ध्येयले भगवान् राम र सीताका भक्तको सहज यात्रा, स्वदेशी र विदेशी पर्यटकलाई मनोहर र सम्पूर्ण पर्यटनको अनुभूति दिलाउन पर्यटक परिपथको एकीकृत विकास गर्ने सोचसहित रामायण सर्किटको अवधारणा अघि बढाइएको हो । भारत सरकारले हालै लिव ट्रैवल कन्सेशन (एलटिसी) अन्तर्गत नेपाललाई पनि सामेल गरेकाले करीब छ लाखभन्दा अधिक केन्द्रीय सरकारी कर्मचारीले एलटिसीमार्फत नेपाल यात्रा गरेमा कर्मचारीलाई बिदा र टिकटको सुविधा प्राप्त हुनेछ । यसले जनकपुरधाममा तीर्थाटनका लागि भारतीय नागरिकलाई आकर्षित गर्न सक्ने विश्वास गरिएको छ ।

सन् २०१७ मा नेपाल आएका १० लाख पर्यटकमध्ये एक लाख ६१ हजार पर्यटक भारतीय थिए । सन् २०१८ को पहिलो तीन महिनाको अवधिमा भारतबाट ३४ हजार पर्यटक नेपाल भ्रमण गरेको सन्दर्भमा पनि भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमण महत्वपूर्ण पाइला हुन सक्ने देखिएको छ ।

यस परियोजनाअन्तर्गत पर्यटन उद्योगलाई प्रोत्साहित गर्न प्रत्येक वर्ष अयोध्यामा जनकपुर महोत्सव र जनकपुरधाममा अयोध्या महोत्सवको आयोजना गरिने सम्भावना पनि रहेको छ । त्यस्तै सीता र रामको जीवनमा प्रकाशित ग्रन्थ, पाण्डुलिपि, स्थानीय भोजन, पोशाक, नृत्य, गीत, हस्तशिल्पको परम्परा आदानप्रदान गर्न सक्ने परियोजनाको परिकल्पना रहेको छ । रामायण सर्किटको यात्रामा अयोध्या र जनकपुरबीच ती स्थलहरू छन्, जसबाट राम मिथिला यात्राका क्रममा जनकपुरधाम आएका थिए र जनकपुरधामबाट सीता र रामले अयोध्यासम्म जान पाइला टेकेका थिए ।

नेपाल र भारतमा आदिकालदेखि नै सीतारामको अखण्ड प्रेमको प्रभाव गहिरो भएकाले प्रत्येक आमाबुबाले आफ्ना छोरालाई राम र छोरीलाई सीताका रूपमा लिने गर्छन् ।
संस्कृतिविद् रामभरोस कापडी यहाँको माटोमा सभ्यता, संस्कार र संस्कृति विशिष्ट तत्व रहेको भावभूमिमा यस पटक दुवै देशका प्रधानमन्त्रीको जनकपुरधामप्रतिको आस्थाले भावी दिनमा जनकपुरधामलाई महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा स्थापित गर्न बलियो आधारशीला खडा गरेको बताउनुहुन्छ । मिथिला शब्दमा मैथिलीको वैचारिक स्वरूप निहित रहेको छ, ‘मिथ’ र ‘इला’ मिली मिथिला हुन्छ । मिथको अर्थ प्रशस्ति, गुणगान र इलाको अर्थ बुद्धि र शक्ति हुन्छ । यी परिवेश र यथार्थतालाई साकार रूप दिन पनि स्थलको अवलोकन र यात्राले टेवा पु¥याउने देखिन्छ । यस पृष्ठभूमिमा दुवै प्रधानमन्त्रीले हरियो झण्डा देखाएर गर्नुभएको जनकपुरधाम–अयोध्या बस सेवाको सञ्चालनले आध्यामिक, धार्मिक एवं सांस्कृतिक तथा बहुआयामिक सम्बन्धमा प्रगाढता ल्याउने विश्वास गरिएको छ । दुबै मुलुकले जनकपुरधाम–अयोध्या बस सेवा सञ्चालनलाई सांस्कृतिक चेतनाका संवाहक मानेका छन् । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result