Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन

जेष्ठ १, २०७५ ३:२० मा प्रकाशित
शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
Share on FacebookShare on Twitter

काठमाडौँ, १ जेठ / जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरियो ।

नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु¥याउनुभएको योगदानको कदर गर्दै आज टुँडिखेलमा आयोजित समारोहमा नागरिक अभिनन्दन गरिएको हो ।

अभिनन्दन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देवभूमि, वेदभूमि, तपोभूमि नेपालबाट विश्व शान्तिको सन्देश फैलाउन चाहेको बताउनुभयो । “जनताको पेट नभरी आवासको सुविधा नदिई विश्व शान्ति फैल्याउन सकिन्न, दुनियाँ अन्धकारमा भएका बेला हाम्रा पूर्खा ऋषिमुनि दर्शन बाँड्थे, अहिले तिनै ऋषिमुनिका धेरै सन्तान निरक्षर छन्, तिनलाई साक्षर बनाउने अभियानमा म लागेको छु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको कुर्सीमा बसेर कुनै धर्मप्रति अनास्था राख्ने काम नगर्ने प्रतिबद्धता जनाउनु हुँदै ओलीले सबै धर्मावलम्बीबीच समदृष्टि र समभाव राख्ने बताउनुभयो । “मेरो निष्ठा जनता र देशप्रति छ, म सबै धर्मावलम्बीको मत पाएर चुनाव जितेको मानिस कुनै धर्म श्रेष्ठ छ भने मन जितेर व्यवहारमा देखाउनुपर्छ, नेपाल छिर्ने बित्तिकै पवित्र भावना जाग्ने देश बनाउनुपर्छ, यसो भए यहाँबाट विश्व शान्तिको सन्देश प्रवाहित गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

गुटगत स्वार्थभन्दा माथि उठेर गरिबी र अभाव अन्त्य गर्ने आफ्नो धर्म रहेको सुनाउनु हुँदै प्रधानमन्त्री ओलीले समय मिलाएर गोवद्र्धन मठको भ्रमण गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

शंकराचार्य निश्चलानन्द सरस्वतीले काठमाडौँ नेपालको भौगोलिक राजधानी मात्र नभई धार्मिक राजधानी पनि भएको बताउनुभयो । भगवान् पशुपतिनाथले यहाँको धार्मिक शासन गर्नुभएको उहाँको भनाइ थियो ।

“सनातन वैदिक आर्य हिन्दू धर्म स्थापित भए कुनै तन्त्रको आवश्यकता पर्दैन, सनातन धर्मले आर्थिक विषमताको अन्त्य गर्छ, वैदिक धर्म सबैका लागि पोषक बन्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रमलाई आयोजक समितिका संयोजक स्वामी पद्मधराचार्य, सहसंयोजक हरिबोल भट्टराई, सहसंयोजक किशोरी महतो, विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह, समिति सदस्यद्वय पुष्प पराजुली र भरतराज पौडेललगायतका वक्ताले वैदिक धर्म संरक्षणमा मठले पु-याएको योगदानको चर्चा गर्नुभयो ।

शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेख्नुभएको छ । उहाँको योगदानको कदर गर्दै बुधबार कीर्तिपुरमा पनि उहाँको अभिनन्दन गरिँदैछ । अभिनन्दनपछि जेठ २ गते बुधबार त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गर्ने कार्यक्रमलाई शंकराचार्य निश्चलानन्द सरस्वतीले सम्बोधन गर्नुहुनेछ ।

जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि उहाँले प्रवचन गर्नुहुनेछ । आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योतिर्मठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५ औँ शंकराचार्य हुनुहुन्छ ।

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा जगद्गुरु शंकराचार्य जयन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आउनुभएको थियो । यसपटक पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् ।

शंकराचार्यको स्वागत एवम् विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ । आजको नागरिक अभिनन्दन कार्यक्रम समितिले नै आयोजना गरेको हो ।

समितिले सोमबार अपराह्न कमलपोखरीस्थित अग्रवाल भवनमा धर्मसभाको आयोजनासमेत गरेको थियो । त्यसलाई आज पनि निरन्तरता दिइने समिति सदस्य पुष्प पराजुलीले राससलाई जानकारी दिनुभयो ।रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result