दूरबिन नेपाल
अमेरिका । शुक्रबार बिहान ४ बजेर ३ मिनेट जादा अमेरिकामा ६ दशमलब ४ म्याग्निट्यूडको भुकम्प गएको प्रारम्भिक डेटा अमेरिकाको भुकम्प मापन केन्द्र युएसजीएसले तत्काल जारी गरेको चेतावनी सन्देशमा समावेश गरेको छ । भुकम्पले नेभाडा र क्यालिफोर्नियामा निक्कै शक्तिशाली धक्का दिएको थियो । भुकम्पको धक्का छिमेकी राज्य मेक्सीको सम्म महसुस भएको युएसजीएसले जनाएको छ ।
भुकम्पको केन्द्र बिन्दू नेभाडा राज्यको पश्चिमी भेग क्यालिफोर्निया राज्यको सिमाना नजिकै रहेको छ । घनाबस्ती रहेका क्यालिफोर्नियाका प्रमुख शहरहरूबाट कतिपय मानिसले भूकम्पको शक्तिशाली धक्का महसुस गरेको सामाजिक सञ्जालमा राखेका छन् । भुकम्पका कारण के कति क्षति भयो भन्ने कुनै विवरण आएको छैन ।
भुकम्पको केन्द्र विन्दु रहेको नेभाडा राज्यको त्यस क्षेत्र वरपर सन् १९५० को दशकमा अमेरिकाले शक्तिसाली आणविक बमहरुको परीक्षण गरेको थियो । त्यसको वरपरका क्षेत्रहरू अहिलेसम्मै उजाड र मरूभूमि नै छ ।







प्रतिक्रिया लेख्नुहोस्:-