Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली जनताको इच्छा र चाहनाअनुसार एकताः अध्यक्ष प्रचण्ड

जेष्ठ ३, २०७५ ३:३२ मा प्रकाशित
नेपाली जनताको इच्छा र चाहनाअनुसार एकताः अध्यक्ष प्रचण्ड
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ जेठ ९ / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताउनुभएको छ ।

नेकपाको एकता घोषणा समारोहका बारेमा जानकारी दिन आयोजना गरिएको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एकता प्रक्रिया देश र जनताको आर्थिक समृद्धि तथा विकासका लागि गरिएको सचेत पहल हो भन्नुभयो ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि जनतासंग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु रहेको धारणा व्यक्त गर्नुभयो ।

“हामी जनताका सामु गरेको प्रतिबद्धताबाट विचलित हुने छैनाँै, अस्थरताको युग अन्त्य भयो, अब सुशासन र राजनीतिक स्थिरताको युग शुरु भयो”– उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले संघर्षमा त्याग र बलिदान गरेको, क्रान्ति गरेको, पार्टी सरकारमा गएपछि भ्रष्ट, नैतिकहीन भएको स्मरण गर्दै नेपाली जनतालाई धोका नदिने, आर्दशबाट विचलित नभई, एक्काइसौँ शताब्दिको भावना र चाहनालाई बुझ्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारका गएपछि स्खलित हुने प्रवृत्तिबाट सजग हुँदै जनताको पक्षमा काम गर्नुपर्ने र देशलाई नयाँ उचाइमा उठाएर जनताको सेवामा लागिपर्ने उल्लेख गर्दै उहाँले कम्युनिस्ट पार्टीभित्र हुर्कन थालेको अराजकता र अस्थिरतालाई निमिट्यान्न पार्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले आगामी दिन चुनौतीपूर्ण रहेको बताउँदै नेपाली जनताको चाहनालाई नै आत्मसात् गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो ।

आफूले विगतदेखि नै क्रमभंग र गुणात्मक काम गर्दै आएको उल्लेख गर्दै उहाँले एकता प्रक्रिया महान् छलाङको अर्को रुप हो भन्नुभयो ।

अध्यक्ष दाहालले अक्सिजन र हाइड्रोजन मिलेर पानी बने जस्तै एमाले र माओवादी केन्द्र मिलेर नयाँ कम्युनिस्ट पार्टी बनेको बताउँदै राष्ट्रिय स्वाधिनता, एकता, आत्मसम्मान, नेपाली भएर बाँच्ने प्रक्रियालाई एकता प्रक्रियाले नयाँ आधार तयार पारेको धारणा व्यक्त गर्नुभयो ।
जेठ ३ गते नै पार्टी एकताको घोषणा गराँै भनेर आफूले नै प्रस्ताव गरेको बताउँदै उहाँले विसं २००६ मा गठन भएको नेपाल कम्युनिस्ट पार्टी २०१९ सालेदेखि भोगको विभाजनको शृङ्खलाबाट आज नयाँ युगमा प्रवेश गरेको छ भन्नुभयो ।

अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लैजान, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने, नेपालबाट विकास र स्थिरताका सन्देश दिने दृष्टिकोणबाट यो एकता तर्कपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै देशले राजनीतिक अराजकता, अस्थिरता सहन सक्दैन, राजनीतिक अस्थिरता कायम राखियो भने त्यसले हामी सबैलाई पिरोल्छ भनेर एकता प्रक्रिया शुरु गरिएको बताउनुभयो ।रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result