Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पार्टी एकीकरणको खुशियालीमा दीपावली

जेष्ठ ४, २०७५ ४:११ मा प्रकाशित
पार्टी एकीकरणको खुशियालीमा दीपावली

g]kfn sDo'lgi6 kfl6{sf] Plss/0f 3f]if0ffsf] v'lzoflndf sf7df8f}df cfof]lht lbk k|Hjng . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ४ जेठ/ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरणको खुशियालीमा देशका विभिन्न भागमा दीपावली मनाइएका समाचार प्राप्त भएका छन् ।

रामपुर, पाल्पा— दुवै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकले रामपुरको बेझाँडबजारमा बिहीबार साँझ दीपावली मनाए । २५ आँ मदन—आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीको एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको घोषणापछि रामपुरमा पार्टी एकीकरणको खुशियालीमा बेझाँड बजार चोक र बेझाँडमा रहेको एमाले तथा माओवादी केन्द्रको पाटी कार्यालय र मदन—आश्रित प्रतिष्ठान स्मृति भवनमा सामूहिक दीपावली मनाइयो ।

बेझाँड बजार चोकमा कोणसभासहित भएको दीपावलीमा पाल्पा क्षेत्र नं १ प्रदेश क प्रदेशसभा सदस्य युवराज खनालले पार्टी एकता कम्युनिष्ट पार्टी एक हुनु राष्ट्र र समृद्धिका लागि राम्रो भएको बताउँदै पार्टी एकताले मुलुकमा राजनीतिक स्थायित्व ल्याउनेमा आफू ढुक्क भएको बताउनुभयो ।

दीपावली कोणसभामा कम्युनिष्ट नेता जनकराज ढकालले पार्टी एकताले राष्ट्रवादी र नेता कार्यकर्तामा उत्साह थपेको बताउँदै एकतालाई बलियो बनाउन सानातिना कुरामा अल्मलिन नहुने विचार व्यक्त गर्नुभएको छ ।

बेनी, म्याग्दी– नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणाको खुशियालीमा म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार राति दीप प्रज्वलन गरी एकताको स्वागत गरिएको छ ।

काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेको केही घण्टामै बेनीको क्याम्पसचोकमा नेकपाका जिल्लास्तरका नेताले स्वागत गर्दै एकताबाट नयाँ ऊर्जा थपिएको बताएका थिए ।

स्वागत कार्यक्रममा प्रदेश सांसद विनोद केसी, नेकपाका जिल्ला नेता बालकृष्ण सुवेदी, शेरबहादुर केसीलगायतले सम्बोधन गर्नुभएको थियो । त्यस्तै, एकताको खुशियालीमा बेनीबजारमा नेकपा समर्थितले घरघरमा दीपावलीसमेत गरेका छन् ।

कञ्चनपुर– पार्टी एकताको अवसरमा गएराति अबेरसम्म कञ्चनपुरमा विघटित दुवै पार्टीका नेता तथा कार्यकर्ताले आतिशबाजी र दीप प्रज्वलन गरी संयुक्तरुपमा खुशियाली साटासाट गरेका छन् ।

जिल्लाको बेलौरी, झलारी, पुनर्वास र महेन्द्रनगर बजार क्षेत्रमा दुवै विघटित पार्टीका नेता तथा कार्यकर्ताले सडकमै कम्युनिष्ट पार्टीको झण्डा बनाई दीपप्रज्वलन गरेका हुन् । अबीर दलेर एक अर्कामा खुशियाली साटासाट गरिएको विघटित एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले बताउनुभयो ।

देशकै इतिहासमा ठूलो पार्टीका रुपमा आएका छौँ, उहाँले भन्नुभयो, “देश समृद्धि र विकासको बाटोमा अगाडि बढ्ने अवसर आएको छ ।” अर्का नेता टेकबहादुर हमालले भन्नुभयो, “देशमै पहिलो पटक दुई ठूला पार्टीबीच एकता भएकाले जनताले ठूलो आशा गरेका छन् अब त्यो पूरा हुन्छ ।”

विघटित नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य नरेन्द्रप्रसाद चौधरीले दशवर्षे जनयुद्धले प्राप्त गरेको उपलब्धि र जननेता मदन भण्डारीको सपनालाई एकसाथ जोडेर देश बनाउनका लागि अगाडि बढ्ने अवसर प्राप्त भएको बताउनुभयो ।

महेन्द्रनगर बजार क्षेत्रमा पार्टी एकीकरणको अवसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुनुभएका भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले दुई ठूला पार्टीको आपसी विलयले देशलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो ।

राति अबेरसम्म दुवै विघटित पार्टीका नेता तथा कार्यकर्ताले संयुक्तरुपमा दीप प्रज्वलन र आतिशबाजी गर्दा ठूलो संख्यामा सर्वसाधारणले समेत उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result