Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शंका चिर्न सफल भयौ, मतदानमा सहभागि हौ : डा.केशव पौडेल, अध्यक्ष एनआरएन अमेरिका

जेष्ठ ४, २०७६ १:५० मा प्रकाशित
गोपनियता चुहावटको छानबिन हुन्छ, प्रकृया अघि बढेको छ: डा. केशव पौडेल,अध्यक्ष, एनआरएनए अमेरिका
Share on FacebookShare on Twitter

अमेरिका मे १८ । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका अध्यक्ष डाक्टर केशव पौडेलले शनिवार बिहान देखि शुरू भएको निर्वाचनमा सहभागि हुन सबै समक्ष अपिल गरेका छन् ।

शनिवार विहान आठ बजे देखि शुरू भएको एनआरएनए अमेरिकाको निर्वाचन आईतवार मध्यरात (न्युयोर्क समय) सम्म जारी रहने छ ।

अध्यक्ष पौडेलले विज्ञप्ती जारी गर्दै विभिन्न शंका र पूर्वाग्रह तोड्न सफल भएको पनि बताएका छन । “तर मैले भन्नैपर्दछ यति गर्दा समेत शंका गरेर कतिपय विषयहरु उठाइयो । त्यसमा कति पूर्वाग्रह थियो कति तथ्यविपरित थियो त्यो मैले भनिराख्नुपर्ने छैन । हामी सधैं संस्था र यसका सदस्यकहरुको हितमा काम गर्दै अगाडि बढेका थियौं र चुनाव समेत हामी निष्पक्षताको जगमा गर्न चाहन्छौं त्यसैले हामीले सुरुदेखिनैं यसलाई जोड दियौं ।”

अध्यक्ष पौडेलले सदस्यता छानविनको विषय निर्वाचन पछि पनि गर्न सकिने आफनो प्रेस नोटमा उल्लेख गरेका छन् । “तर पनि सत्य,सत्य नैं हुन्छ आखिर त्यो सत्यनैं भएर आयो । पुनः परिक्षण समितिले समेत त्यसलाई स्पष्ट पारिसकेको छ । र प्रमाणिकरण पुन: आबस्यक भएमा त्यसलाई निर्वाचन पछिलाई समेत खुल्ला राखिने छ।”

डा. केशव पौडेलद्वारा जारी विज्ञप्ति

प्रेस-नोट :

आदरणीय गैर आवासीय नेपाली संघ अमेरिकाका सम्पूर्ण सदस्य ज्यूहरु
अमेरिका निवासी गैर आवासीय नेपाली आमा बुबा, दाजु भाई तथा दिदि बहिनी
एवं संचारकर्मी मित्रहरु ।
सम्पूर्णमा नमस्कार ।

सर्व प्रथम हामी सबैं प्रवासी नेपालीको प्रतिनिधिमुलक साझा संस्था गैर आवासीय नेपाली संघ अमेरिकाको आगामी २ वर्षका लागि नया कार्यसमिति चयन गर्न तपाई सम्मानित सदस्य ज्यूहरुले मतदान गरिरहनुभएको छ । म सम्पूर्ण मतदाता ज्यूहरुलाई मतदानमा सहभागि हुन हार्दिक अपिल गर्न चाहन्छु ।

गैर आवासीय नेपाली संघ अमेरिकामा हामी आईसके पछि हाम्रो ध्यान संस्थाको संस्थागत विकासमा केन्द्रीत रहेको थियो । हामी कार्यसमितिमा रहेका साथीहरु विच केही विषयमा कहिले काही फरक मत रहेको भएपनि संस्थाको संस्थागत विकास, नेपाली समुदायबिच संस्थाको छवीमा बढोत्तरी गराउन र अाईसीसी समक्ष संस्थाको गरिमालाई माथि उठाउदैं महत्वपूर्ण एनसिसीको रुपमा चिनाउन हाम्रो समिति सफल भएको तपाईहरुले समेत मुल्याकंन गर्नुभएकैं होला भन्ने हाम्रो विश्वास रहेको छ ।

प्रवासी हामी नेपालीका लागि आवश्यक रहेको दोहोरो नागरिकताको मुद्दामा होस् वा हाम्रा सन्ततीलाई आवश्यक पर्ने नेपाली भाषा पाठ्यक्रम निर्माणमा होस् अथवा विभिन्न राज्यमा नेपाली भाषामैं चालक अनुमती पत्रका लागि लिखित परिक्षाको व्यवस्थाका लागि होस् वा मातृ भूमि नेपालमा आवश्यक पर्ने सहयोग उपलब्ध गराउने दिशामा होस् हामी त्यस कार्यमा निरन्तर जुट्यौं ।

विभिन्न शहरमा स्थानीय नेपाली संघसंस्थाहरु सग मिलेर समुदायको हितमा काम गर्ने देखि हेल्प डेस्क निर्माण गर्ने, विज्ञ सम्मेलनको आयोजना , युथ स्कलरसीपको स्थापना र एनआरएनए मेम्वरसिप कार्डको व्यवस्था गर्ने जस्ता यो विचमा हामीले यथेष्ट कामहरु गर्यौं । यसका अलाभा अमेरिकन मेन स्ट्रीममा नेपालीहरुको प्रतिनिधित्व गराउन भरमग्दुर सहयोग पनि गर्यौ र सफल पनि भयौ।

संस्थाको ऐना भनेको वेभसाइट भएकाले त्यसलाई साजसज्जा देखि अन्य आवश्यक पर्ने टुल्सहरु समेत समावेश गरेर आकर्षक बनायौं । संस्थाको सबैंभन्दा ठूलो सम्पक्ति भनेको तपाई सदस्यहरु हुनुहुन्छ । यस सदस्यको प्रक्रियालाई हामीले विगतमा विभिन्न खालका टिकाटिप्पणी आइरहेको सन्दर्भलाई समेत हेरेर केही प्रमाणहरु समेत समावेश गर्नुपर्ने वाध्यात्मक अवस्था निर्माण गरेर मात्र सदस्य बन्न सक्ने प्रावधान राख्यौं ।

फोटो सहीतको परिचय पत्रको कपी संलग्न गराउनुपर्ने वाध्यात्मक अवस्था गराउदा त्यसवाट केही असजिलो पनि भएको थियो त्यो महशुष हामीले पनि गर्यौं तर यसलाई संस्थाको सदस्यतालाई भेरिफाइड गर्नका लागि अपनाइएको एउटा उपायको रुपमा बुझिदिनुहुन समेत फेरि पनि अनुरोध गर्दछु । र सम्पूण सदस्यहरु प्रति आभार प्रकट गर्दछु ।

संस्थाको सदस्यताको सवालमा टिकाटिप्पणी मुक्त बनाउने तर्फ हामी लाग्यौं । त्यसका लागि हामीले अधिकार सम्पन्न सदस्यता छानविन समिति बनायौं र अर्को सदस्यता सुपरिवेक्षण समिति बनायौं । ती दुवैं समितिले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पनि निभायो । त्यो दुवैं समितिमा रहेर सहयोग गर्नुहुने सवैंप्रति विशेष धन्यवाद दिन चाहन्छु ।

त्यो दुवैं समितिले भेरिफाइड गराएका सदस्यहरु तपाई आम मतदाता सदस्य ज्यूहरु हुनुहुन्छ । तर मैले भन्नैपर्दछ यति गर्दा समेत शंका गरेर कतिपय विषयहरु उठाइयो । त्यसमा कति पूर्वाग्रह थियो कति तथ्यविपरित थियो त्यो मैले भनिराख्नुपर्ने छैन । हामी सधैं संस्था र यसका सदस्यकहरुको हितमा काम गर्दै अगाडि बढेका थियौं र चुनाव समेत हामी निष्पक्षताको जगमा गर्न चाहन्छौं त्यसैले हामीले सुरुदेखिनैं यसलाई जोड दियौं । अधिकार सम्पन्न समितिहरु बनायौं ।

तर चुनावको सम्मुखमा वेभसाइट निर्माणमा कन्फ्लीट अफ इन्ट्रेष्ट, डाटा फेरवदल जस्ता विषयहरु उठाइयो । प्राविधिक कारणले सर्भर विजि भएको सन्दर्भलाई समेत नकारात्मक तरिकाले परिभाषित गर्न खोजियो । वेभसाइट र सर्भर भन्ने फरक विषय हुन् भन्ने थाहा भएर पनि थाहा नभएको अन्जान जस्तो गरी प्रश्नहरु तेस्र्याइयो । र आउदो कार्यसमिति चयन गर्नका लागि मतदान गर्न योग्य बन्ने सदस्य बन्नका लागि सदस्यता बन्न पाउने अन्तिम समय तिर सर्भर डाउन भएका कारण कतिपय सदस्य बन्न सक्नुभएन ।

त्यसप्रति हामीले यस अघि नैं क्षमा याचना गरेका थियौं । तर पनि विषय उठाउन छाडिएन । यतिसम्म कि चुनाव स्थगित गर्न अदालतसम्म मुद्दा दिइयो तर सम्मानित अदालतले मुद्दा खारेज गर्दै चुनाव गराउन बाटो खोलिदियो । तर पनि विषय रोकिएन विभिन्न दुराशय झल्किने गरी सामाजिक संजालमा टिकाटिप्पणी आइरह्यो । सार्वजनिक कार्यक्रममा समेत ती विषयलाई उठाइयो । त्यतिले नपुगेर आइसिसी सम्म कुरा पुर्याइयो । तरपनि हामीले यसलाई अन्यथा भने लिएनौं ।

संस्थाको माया हुनेले नैं संस्थाप्रति चिन्ता गर्छ भन्ने बुझ्यौं । आइसिसीको पहलमा फेरि सदस्यता तथा डाटा पुनः भेरिफाइड गर्न समिति बनाइयो । त्यस समितिमा रहनुहुने विनय अर्याल, पदम भण्डारी, ओम भट्टराई, विजयराज भट्टराई र दिनेश शर्मा ज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । त्यस समितिले समेत आफ्नो रिपोर्टमा स्पष्ट भनेको छ कि त्यसमा कुनैं गलत प्रक्रियावाट सदस्य इन्ट्री गरिएको छैन ।

सदस्य संख्यामा कुनैं फेरवदल भएको छैन । तर स“गसगैं २ हजार ९३ जना सदस्यको भेरिफाइड कुन व्यक्तिले गरेको हो भन्ने कुरा नदेखिएको उल्लेख गरिनुलाई फेरि अनर्थ लगाएर व्याख्या गरिएको छ । यसवारे एनआरएनए अमेरिकाका क्षेत्रीय संयोजक गौरी राज जोशी तथा समितिका सदस्य ज्यूहरुले स्पष्ट पारिसक्नुभएको छ तैपनि संस्थाको अध्यक्षको हिसावले मैले केही कुरा राख्नुपर्ने हुन्छ । ती सबैं ८ हजार ८ सय ३६ सदस्यहरु जो मतदानको लागि योग्य हुनुहुन्छ उहाहरु सबैं रामकुमार सुवेदी नेतृत्वको सदस्यता छानविन समितिले भेरिफाइ गरी डा रुद्र अर्यालले नेत्रृत्व गर्नुभएको सुपरिवेक्षण समितिले प्रमाणित सदस्य हुनुहुन्छ ।

भेरिफिकेसन समितिले जनवरी २३ वाट नै सदस्यताको आवेदन लिन र त्यसलाई प्रमाणित गर्न सुरु गरिसकेको थियो । तर धेरै साथीहरुको अनुरोधमा फेबु्रअरी ३ पछि मात्रैं भेरिफाइड गर्ने व्यक्तिको नाम उल्लेख गर्न मिल्ने रिपोर्टिंग टुलको प्रयोग गर्न थालिएको हो । र त्यस भित्र संस्थाका सम्मानित आजिवन सदस्यहरु समेत हुनुहुन्छ उहाहरुलाई प्रमाणित गरिराख्नुपर्ने जरुरी रहदैंन । अर्को तर्फ यो समितिले छानेको सदस्यको पुन सुपरिवेक्षण गर्न समिति थियो त्यो समितिले समेत यसलाई प्रमाणित गरेको हो । र त्यो प्रमाणित सदस्यको नामावली निर्वाचन समितिलाई उपलब्ध गराइएको थियो ।

यसमा अन्य कुनैं शंका उपशंका गर्नुको कुनैं अर्थ थिएन तर पनि एकप्रकारले भन्दा जर्वजस्त ढंगले त्यसलाई एउटा मुद्दा जस्तो बनाउने काम भयो । तर पनि सत्य,सत्य नैं हुन्छ आखिर त्यो सत्यनैं भएर आयो । पुनः परिक्षण समितिले समेत त्यसलाई स्पष्ट पारिसकेको छ । र प्रमाणिकरण पुन: आबस्यक भएमा त्यसलाई निर्वाचन पछिलाई समेत खुल्ला राखिने छ।

र अन्त्यमा तपाई सम्पूर्ण सदस्यज्युहरु, सन्चारकर्मीहरु र अन्य सबैं महानुभावहरु प्रति उच्च सम्मान र आभार व्यक्त गर्न चाहन्छु । हामी सबैं मिलेर नैं संस्थालाई बलियो बनाउने हो । यो अभियानमा हातेमालो गरौं । मतदान गरौं, संस्थाको निम्ति योग्य व्यक्तिहरुको छनौंट गरौं ।

सम्पुर्ण पदका प्रत्यासी उम्मेदवार साथिहरुलाई बिजयको हार्दिक शुभकामना!

धन्यवाद । जय एनआरएनए । जय एनआरएनए अमेरिका ।

डा. केशव पौडेल
अध्यक्ष
एनआरएनए, अमेरिका

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result