दूरबिन नेपाल, न्युयोर्क
चर्चित गायन रियालीटी शो अमेरिकन आइडल अन्तर्गत सन २०२० को फाइनलमा पुगेका नेपाली युवा दिवेश दोस्रो बनेका छन । आइतबार भएको आइडलको १८ औं संस्करणको ग्राण्ड फिनालेमा आर्थर गन अर्थात दिवेशलाई विजेता जष्ट सामले मतान्तरले पछि पारेकी थिइन । धेरैले आर्थर गन अर्थात दिवेश पोखरेलले आइडलको १८ औं संस्करण जित्ने अनुमान गरेका थिए । तर दुई जना मात्र छानिएको फाइनल प्रतिष्पर्धामा विजेता जष्ट सामलाई कडा टक्कर दिएका दिवेशका समर्थक त्यतिबेला निराश बने जतिबेला रियालीटी शोका प्रस्तोता र्यान स्याकरेष्टले सामलाई बिजेता घोषित गरे । उत्कृष्ट सात जनाबाट पांचजनामा छानिएका दिवेशको प्रस्तुती दमदार थियो । सोही आधारमा उनी उत्कृष्ट दुईमा पुगे तर फानलमा मतान्तरका कारण उनी दोस्रो बने । फाइनलमा सामसंग पराजित बनेका दिवेशका फ्यानहरुले उनको उनी आइडलको हकदार भएको दावी गरेका छन भने उनको उत्कृष्ट सांगितिक भविष्यको कामनापनि गरेका छन । कुनैपनि नेपाली नागरिक अमेरिकाको यति लोकप्रीय र चर्चित रियालिटी शोमा दोस्रो बनेको पहिलो पटक हो । सो सौभाग्य दिवेश पोखरेलले प्राप्त गरेका छन । दिवेशले दिलाएको महत्वपुर्ण उपलब्धिले अमेरिकाबासी नेपालीले गौरवान्वित महशुष गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-