Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्वारेन्टाइनमा एक युवाको मृत्यु पछि सरकारलाई काॅग्रेसको ७ प्रश्न : ब्यक्ति जिम्मेवार कि सरकार ?

जेष्ठ ५, २०७७ १०:१४ मा प्रकाशित
काँग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउन सुझाव, ‘नत्र अस्तित्व नै खतरामा पर्छ’ : बुद्धिजीवी
Share on FacebookShare on Twitter

अमेरिका । क्वारेन्टाईनमा नै एक युवाको निधन पछि, नेपाली काॅग्रेसले सरकार माथि सात प्रश्न गरेको छ ।

नेपाली काॅग्रेसद्वारा जारी विज्ञप्ति 

 

बांके जिल्लाको क्वारेन्टाइनमा एक युवकको कोरोनाका कारण भएको मृत्युले केही गम्भीर प्रश्न उब्जाएका छन् । विश्वब्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई केवल एक थान मृत्युका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरुलाई नजरअन्दाज गरियो भने कोरोनासंगको संघर्षका हाम्रा आगामी दिनहरू झनै विकट हुनेछन् ।

 

उनको मृत्युसंग गांसिएका ७ प्रश्न –

 

(१) ती युवकले अघिल्लो दिन देखि नै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुंदाहुंदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिननै अस्पताल पु¥याउनु पर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?

 

(२) क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राती एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?

 

(३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोबिज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभरनै यो समस्या किन निरन्तर देखिएको छ ?

 

(४) आइतबार बिहान ७.०० बज्नु अघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको बिद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?

 

(५) लास उठाउन परिक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, संभव भएसम्म चांडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परिक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पिसिआर उपकरणमा परिक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुंदाहुंदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परिक्षण त्यही ढंगले समयमै गर्ने÷गराउने ब्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?

 

(६) नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति देखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेकोे बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?

 

(७) श्रीमती तथा अबोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहि चेत आएको छ कि बांकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?

 

एउटा मात्रै जीवन गुम्नु पनि सम्बन्धितको सतप्रतिशत गुम्नु हो, अनि परिवारजनले भोग्ने अपुरणीय क्षति । ती युवकको आत्माले शान्ति प्राप्त गरोस् भन्ने हाम्रा कामनाहरु तब सार्थक हुनेछन् जब उनको मृत्यु संग संबन्धित प्रश्नहरुको गहिरो समिक्षा गरेर सरकार आत्मआलोचित हुनेछ र यो घटना पश्चात् कोरोना विरुद्धको संघर्षमा लड्न युद्धस्तरित ब्यवस्थापन गर्ने तयारीमा लाग्नेछ ।

 

नेपाली कांग्रेसले बांकेको क्वारेन्टाइनमा भएको युवकको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिएको छ । घटनाबाट शिक्षा लिंदै गम्भीर भएर कार्य गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दै नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न चेतावनी दिन चाहन्छ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result