Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इजरायलमा सुरक्षित नै छौ तर रकेटको बर्षा भइरहेको छ

जेष्ठ ४, २०७८ ४:३५ मा प्रकाशित
इजरायलमा सुरक्षित नै छौ तर रकेटको बर्षा भइरहेको छ
Share on FacebookShare on Twitter

अर्जुन निर्दोष/ इजरायल ।

 

इजरायलको आकाशमा युद्धक बिमान, रकेट र आइरन डोमको बिष्फोट देख्न सकिन्छ । इजरायलमा रहेका हामी नेपालीहरु भने अहिले सम्म सुरक्षित छौं। कतिबेला के हुने हो भन्न सकिने अवस्था छैन । यहाँ इजरायल र प्यालेस्टाइनबीच लामो समय देखि द्वन्द्व चलिरहेको छ । प्यालेस्टाइनले दैनिक रकेट आक्रमण गर्ने गरेको छ । मध्यपूर्वको गाजास्थित सीमा क्षेत्रबाट एकसातामा करिव ३ हजार बढी रकेटहरु प्यालेस्टाइनले प्रहार गरिसकेका छन् । प्यालेस्टाइनमा रहेका हमाद आतंकवादीको यो अचाक्ली विरुद्ध इजरायलले कारबाही थाले पछि तनावपूर्ण स्थिति सृजना भएको छ ।

अहिले सम्म गैर आवासीय नेपालीहरु सुरक्षित नै छन् । इजरायल प्रबिधिमा अगाडी छ । प्यालेस्टाइनले प्रहार गरेका रकेटहरु आकासमै ध्वस्त गर्न सक्ने क्षमता इजरायलसँग छ । ९० प्रतिशत रकेटहरु आकासमै ध्वस्त हुन्छन् । केही मात्रामा जमिन र भवनहरुमा झर्ने गरेकाछन् । यस क्रममा हालै एक जना भारतीय कामदारको ज्यान गएको छ । यहाँका घरहरुमा रकेटले असर नगर्ने बंकर र कोठाहरु बनाएको हुन्छ ।
इजरायलमा कार्यरत नेपालीहरु प्राय घरमै स्याहार सुहारको काममा हुन्छन् । तसर्थ पनि धेरै असर परेको छैन । यहाँ रकेट, गोलाबारुद प्रहार हुनु कुनै नौलो घटना होइन । पहिला देखि नै यस्ता घटना घट्दै आएकाछन् । सन् २००८, २०१४ पछि अहिले ठुलो आक्रमण भैरहेको छ ।
इजरायलले त्यसको सामना गरिरहेको छ । आफ्नो तर्फ क्षती हुनबाट जोगाइरहेको छ । इजरायलमा वस्ने हामी नेपालीहरु र दुतावाससँग निरन्तर सम्पर्कमा छौं । कसैलाई पनि अफ्ठेरो परेको खवर छैन । कुनै समस्या आइपरे सम्पर्क गर्न भनेका छौं । नेपाल र विश्वभर छरिएर रहनु भएका नेपाली र आफन्तहरुले इजरायलमा कार्यरत हामीहरुको बारेमा धेरै चासो र चिन्ता लिनु भएको छ । त्यसका लागि हामी आभारी छौ ।

इजरायलमा नेपालीहरु कतिको संख्यामा छन् र कस्तो काममा ब्यस्त छन् भन्ने धेरैको चासो देखिन्छ ।
यहाँ नेपालीहरु दुई वटा कामका लागि मात्रै आउन पाउँछन् । एक थरी यहाँका वृद्धवृद्धा, अपाङ्ग, अशक्त, अरुको साहारा चाहिने व्यक्तिहरुको रेखदेख र स्याहार सुहार गर्ने काममा आउँछन् । अर्काथरी कृषि क्षेत्रमा काम सिक्न सिमित अबधि ११ महिनाका लागि विद्यार्थीहरु आउने गर्दछन् । स्याहार सुहारमा करिब पाँच हजार नेपालीहरु कार्यरत छन् भने ६ सय भन्दा बढी विद्यार्थीहरु कृषि क्षेत्रमा छन् । त्यो बाहेक केही नेपालीहरु भारत हुँदै आएका भेटिन्छन् त केही गैर कानुनी रुपमा बसेका भेटिन्छन् ।

लिगल रुपले बसेका धेरै जसो नेपालीहरु सम्पर्कमा छन् । अहिले सम्म उनिहरुलाई काममा अफ्ठेरो परेको वा द्वन्द्वले प्रभाव पारेको देखिदैन । कुनै ठाउँमा संकट नै पर्न लाग्यो भने पनि अगाडी नै साइरन बज्छ । साइरन बजेपछि सुरक्षित स्थानहरु बनाएका हुन्छन् , त्यहाँ गएर सुरक्षित हुन सकिन्छ । दुतावासले पनि साइरन बज्नासाथ सुरक्षित स्थानमा जान भनेको छ । हामीले पनि सुसुचित गर्दै आएका छौं ।

त्यहाँ कृषि क्षेत्रमा सिप बिकास गर्न आएका नेपाली विद्यार्थीहरु करिब ६ सयको हाराहारीमा छन् ।
नेपाल सरकार र यहाँको सरकारको सम्झौता अनुसार ‘सिक र कमाउ’ परियोजना छ । त्यो भिसामा आएका विद्यार्थीहरु यहाँ ११ महिना बस्न पाउँछन् । ११ महिना पछि स्वदेश फर्केर यहाँ सिकेको आधुनिक कृषि प्रविधिलाई प्रयोग गरेर व्यवसायिक खेती गर्ने हो । कतिपयले यहाँ सिकेको सिप नेपाल फर्किए पछि कृषि व्यवसाय प्रयोग गरिरहेका छन् ।

अहिले नेपाली विद्यार्थीहरु ६ वटा कलेजमा छन् । उनिहरुलाई कलेजले स्थापना गरेको कृषि फर्ममा बस्ने खाने व्यवस्था गरेको हुन्छ । दुई वटा कलेजमा बंकर सहितको व्यवस्था हुन्छ । केहीमा त्यो व्यवस्था नहुन सक्छ तर नजिकै त्यस्ता सुरक्षित स्थानहरु बनाएका हुन्छन् । अहिले सम्म त्यस्तो अप्रिय घटनाहरु घटेका छैनन् । अस्ती मात्रै नेपाली विद्यार्थीहरु बस्ने नजिकै रकेट खसेको रहेछ । उनिहरु डराएका थिए । केही ठुलै समस्या परे सम्पर्क गर्न भनेका छौं । हाल सम्म सुरक्षीत नै छन् ।

यसरी कृषि पढ्न, सिक्न आएका विद्यार्थीले ११ महिना मात्रै बस्न पाउछन् तर अहिले उनिहरुको अबधि सकिएको छ । कोरोना भाइरसका कारण यहाँको अन्तराष्ट्रिय उडान बन्द छ उनिहरु फर्किन पाएका छैनन् । इजरायल सरकारले कोरोनाको महामारीका कारण ती विद्यार्थीहरुलाई केही समय बस्न पाउने व्यवस्था गरेको छ । उनिहरु काम गरेर बस्ने व्यवस्था छ । नेपालमा भुकम्प आउदा पनि यहाँ पढ्ने विद्यार्थीहरुलाई एक वर्ष काम गरेर बस्न दिईएको थियो । हाल विद्यार्थीहरुलाई त्यस्तो समस्या छैन ।

प्यालेस्टाइनसँगको टकरावका कारण नेपालमा पनि विभिन्न त्रास फैलिने खालका समाचार आएकाछन् । यहाँ त्यस्तो त्रास र समस्या केही पनि छैन । यहाँ बस्ने नेपालीहरुका आफन्तलाई नडराउन अनुरोध गर्दछु । अहिले सम्म अवस्था सामान्य नै छ । सम्पूर्ण आप्रवासी नेपालीहरु सुरक्षित छौं ।

(अर्जुन निर्दोष अहिले इजरायलमा हुनुहुन्छ ।)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result