काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीनताको अवस्था आउन नदिन यही जेठ ५ गतेभित्रै मतगणना सक्न निर्देशन दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी ५ गतेभित्र मत परिणाम सार्वजनिक गर्न अधिकतम प्रयास भइरहेको पनि जनाएको छ ।
“।।।मध्याह्नसम्म ४६० पालिकाहरूको अन्तिम परिणाम प्राप्त भइसकेको र अन्यको परिणाम धमाधम आइरहेको छ । परिणाम आउन बाँकी पालिकाहरूमा मतगणनाकार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम प्रयास भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौँ,” आयोगको विज्ञप्तिमा उल्लेख छ, “धेरै मतगणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरूका हकमा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणनाकार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराउन चाहन्छ ।”
आयोगले मतदानस्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरू निर्वाचन अधिकृतको कार्यालयमा पुग्नासाथ यथाशीघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणनाकार्य सम्पन्न गर्नरगराउन पनि निर्देशन दिएको छ ।
आयोगले निर्वाचन हार्ने देखेपछि सुरुदेखि नै पुनः गणना गर्नुपर्ने माग गरेर बखेडा नझिक्न उमेदवार र दलहरूलाई आग्रह पनि गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-