काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले आफ्नो इक इन्ज जमिन पनि नछाड्ने बताएका छन् ।
उनले विहीबार संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा आसन्न भारत भ्रमणबारे उठेका जिज्ञासाको जवाफ दिँदै यस्तो बताएका हुन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौं, हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन ।’ उनले आफूले यही मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी गर्ने पनि बताए । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझ्ने विषयमा पनि छलफल गर्ने प्रधानमन्त्रीले आश्वासन दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-