Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था : प्रधानमन्त्री

जेष्ठ ५, २०७५ १:५६ मा प्रकाशित
पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था : प्रधानमन्त्री

g]skfsf] ;+;bLo bnsf] a}7s ;+3Lo ;+;b ejg gofF afg]Zj/df zlgaf/ a;]sf] g]kfn sDo'lg:6 kf6L{sf] ;+;bLo bnsf] a}7snfO{ ;Daf]wg ub}{ cWoIf k'iksdn bfxfn…k|r08Ú . tl:a/ M /f]zg ;fksf]6f, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ५ जेठ/ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताउनुभएको छ ।

नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भएकाले अब यसलाई विधि, विकास र समृद्धिका लागि उपयोग गर्न आग्रह गर्नुभयो । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो ।
उहाँले भन्नुभयो, “हामी नेपाललाई आगामी १० वर्षभित्र मान्छे र प्रकृतिको संयुक्त प्रयासबाट बनेको स्वर्ग भएको देखाउन चाहान्छौँ, विदेशी पर्यटक आएर नेपालको प्रशंसा गरेर फर्केर जाने अवस्था आउनेछ ।”

अध्यक्ष ओलीले जनतमतबाट मुलुकको ठूलो दल बनेको कम्युनिष्ट पार्टी भएकाले जनताको चाहनाबमोजिम युगलाई हाँक्न सबै सांसदले चनाखो भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री, मन्त्री र सरकारका काम कारबाही ठिक ढंगले भए÷नभएकाबारे अवलोकन गर्न सांसदहरुलाई आग्रह गर्दै भन्नुभयो, “हामी नातावाद, कृपावाद र भेदभावका लागि होइन देश बनाउने संकल्प लिएर आएको हो । यसमा दायाँबायाँ गर्ने छुट छैन । संसद् सरकार फेर्नेदेखि कानून बनाउनेसम्मको थलो भएकाले यसमा चनाखो रहनुहोला ।”

पार्टीको प्रतिनिधिसभाको संसदीय दलको नेतासमेत रहनुभएका ओलीले समृद्धिको खाकासहित सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले यसलाई पास गराउने र कार्यान्वयन गर्ने गरी प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नीति कार्यक्रममा कुनै कमजोरी रहेमा नेतृत्वलाई भन्नुहोला, संसद्को बैठकमा पार्टीको मर्यादा रहने गरी यसको पक्षमा बोल्नुहोला ।”

उहाँले देशको आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन हुन सक्ने दोहो¥याउनुभयो ।

एक महिनापछि चीन भ्रमण

प्रधानमन्त्री ओलीले सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको बताउनुभयो ।

उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेकलगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चलाई सक्रिय गराउन नेपालले प्रयास गर्ने स्पष्ट गर्नुभयो ।

काँग्रेस झस्कनु पर्दैन

प्रधानमन्त्री ओलीले वामपन्थीले जित्दा, सरकार बनाउँदा वा एकता हुँदा प्रतिपक्षी नेपाली काँग्रेस झस्कनु नपर्ने पनि बताउनुभयो । उहाँले नेपालमा सबैभन्दा लोकतन्त्रवादी दल नेकपा भएको दाबी गर्दै भन्नुभयो, “हामी यो शक्ति गलत ठाउँमा प्रहार गर्दैनौँ । नआत्तिए हुन्छ ।”

निर्वाचन क्षेत्र विकास कार्यक्रमको स्वरुप परिवर्तन हुने

सांसदहरुले निर्वाचन क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यसको ढाँचा परिवर्तन हुन सक्ने जनाउनुभएको छ । “हामी निर्वाचन क्षेत्रको विकास गर्ने नै हो, यसमा विवाद छैन तर समानुपातिकका र राष्ट्रियसभाका सदस्यलाई कुन निर्वाचन क्षेत्रमा राखेर बजेट दिने भन्ने पनि अन्योल छ, हामीले गर्ने क्षेत्रको विकास हो, त्यसो गर्दा सांसदहरु बद्नाम नहुन् भन्नेमा पनि हामी सचेत हुनुपर्छ । यसमा सांसदहरुको नेतृत्वमा छानिएका योजनालाई कार्यान्वयन गर्ने गरी जान सकिन्छ ”’

बजेटमा प्रदेशगत सुझाव दिन आग्रह

बैठकले सांसदहरुलाई प्रदेशगत छलफल गरेर बजेटमा छुटाउनै नहुने कार्यक्रमबारे यही जेठ ८ गतेभित्र सरकारलाई लिखित सुझाव दिन निर्र्देशन दिएको छ । निर्देशनपछि पार्टीका सांसदहरुको प्रदेश प्रदेशमा बैठक बस्नेक्रम शुरु भएको छ ।

उपनेता र सचेतक तोक्न बाँकी
बैठकले दलको नेतामा ओलीलाई सर्वसम्मत चयन गरे पनि उपनेता, प्रमुख सचेतक र सचेतकबारे नेताहरुले सल्लाह गरेर निर्णय गरिने सांसद देवप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँले दलको विधान परिमार्जनको प्रक्रिया शुरु हुने पनि जनाउनुभयो ।रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result