दूरबिन नेपाल, अमेरिका
अमेरिकाको एरिजोना राज्यकी एक शिक्षिकालाई २० बर्षको सजायं भएको छ । युवा शिक्षिकालाई आफ्ना विद्यार्थीसंग यौन सम्पर्क गरेको आरोप पुष्टि भएपछि त्यहाको अदालतले जेल सजाय सुनाएको हो । १३ बर्षीय विद्यार्थीसंग शिक्षिकाले एक पटक होइन पटक पटक सम्बन्ध राखेकी थिइन । शिक्षिका ब्रिटानी जामोरामाथी आरोपको तब पुष्टि भयो जब कक्षा ६ मा पढने उनका विद्यार्थीले आफुसंग शिक्षिकाले पटक पटक यौन सम्बन्ध राखेको बताए । शिक्षिकाले आफसंग कारभित्रपनि यौन सम्पर्क गरेको ती विद्यार्थीले दावी गरेका छन । शिक्षिकामाथी नाबालकको साथ यौन आचरण तथा क्रियाकलाप गरेको आरोपमा दोषी ठहराइएको छ । अनुसन्धानकर्ताहरुले जामोराले किशोरसंग तीन पटक यौन सम्बन्ध राखेको र अफ्नै कक्षा कोठामा विद्यार्र्थीसंग मुख मैथुन गराएको बताएका छन । शिक्षिका ब्रिटानीको हरकत बाहिर आएपछि उनका पति डेनियलसंग सम्बन्ध विच्छेदको मुद्धा चलिरहेको छ । र उनीहरुविच यतिबेला सम्पति बांडफाडको विषयमा छलफल भइरहेको छ । उनीहरु चार बर्षदेखि संगै रहेपनि बच्चा हुन सकेको थिएन । विद्यार्थीका परिवारले इलेमेन्ट्री स्कुल र शिक्षिकाका पति विरुद्ध घटनालाई लुकाउन खोजेको आरोपमा मुद्धा जारी गरेको छ ।
एजेन्सीको सहयोगमा







प्रतिक्रिया लेख्नुहोस्:-