Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रगतिशील र समाजवादउन्मुख बजेट आउँछ : प्रधानमन्त्री

जेष्ठ ८, २०७५ ४:१२ मा प्रकाशित
प्रगतिशील र समाजवादउन्मुख बजेट आउँछ : प्रधानमन्त्री
Share on FacebookShare on Twitter

काठमाडौँ, ८ जेठ ९ / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताउनुभएको छ ।

संघीय संसद्मा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा सम्बोधन गरिने उल्लेख गर्नुभयो । परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउँदा लक्ष्यमा पुग्न नसकिने बताउँदै त्यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नै पर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिले बहुमत प्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएकामा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग बहुमत प्राप्त सरकार छ । त्यसकारण जनताका अपेक्षा पनि धेरै छन् । ती अपेक्षा पूरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन् । प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको स्पष्ट पार्नुभयो ।”

प्रधानमन्त्री ओलीले जनता आवास कार्यक्रमलाई नयाँ ढंगले सञ्चालन गरिने, हिमाली क्षेत्रमा छरिएका बस्तीलाई एकीकृत गर्ने र हिमाली क्षेत्रमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई कुनै पनि विषयमा टिप्पणी गर्नुपर्ने भएमा नेतृत्वलाई भन्न आग्रह गर्नुभएको छ । जथाभावी ढंगले असन्तुष्टि पोख्दा समस्याको समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता असन्तुष्टि पार्टी वा संसदीय दलको जिम्मेवार ठाउँमा राख्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो विज्ञता भएका विषयमा सांसदमा कुरा राख्न सांसदहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिँदै भन्नुभयो, “अध्ययन गर्ने बानी बसाउनुहोस् । नजानेका कुरा सिक्नुहोस् । तर्क र क्षमता बढाउनुहोस् । आवेशमा आएर नबोल्नुहोस् । जनमतको कदर गर्ने बानी बसाउनुहोस् ।”

कार्यक्रममा नेकपाका अध्यक्ष पु्ष्पकमल दाहालले जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै जनताको पक्षमा केन्द्रीत हुन सांसदहरुलाई आग्रह गर्नुभयो । करीब दुई तिहाइ प्राप्त वर्तमान सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको बजेट तयार पार्ने र आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नेबाहेक अरू कुनै छुट नरहेको भन्दै अधिकतम प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनताको भावनालाई सम्बोधन गर्ने गरी प्रस्तुत हुन आग्रह गर्दै जनपक्षीय एजेण्डा स्थापित गर्ने दायित्वलाई समेत ख्याल गर्न सांसदहरुलाई निर्देशन दिनुभयो ।

बैठकले नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा गर्न नेता भीम रावलको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलमा सांसदहरुमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य छन् । सो कार्यदलले १५ दिनभित्र विधान मस्यौदा प्रस्तुत गर्ने समय दिइएको छ । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result