Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने

जेष्ठ ९, २०७५ २:११ मा प्रकाशित
काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ जेठ / काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ ।

करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सञ्चालन गर्न सम्भव भएको देखाएको हो ।

केबलकार निर्माण, जडान र सञ्चालनमा विश्वमा प्रसिद्धि कमाएका फान्सेली कम्पनीद्वय एडिपी र स्याष्ट्राले नेपालका पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनसँगको सहकार्यमा पाँच वर्ष लगाएर गरेको अध्ययनमा केबलकार परियोजना काठमाडौँ उपत्यकामा सञ्चालन गर्न सकिने सुष्पष्ट भएको हो ।

फ्रान्स सरकारले द्विपक्षीय सहयोगअन्तर्गत रु तीन करोड ४० लाख खर्च गरेर तयार पारेको काठमाडौँ उपत्यका केबलकार परियोजना सम्भव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हन्तान्तरण गरेको छ ।

नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले अध्ययन टोलीका सदस्य, नेपाली निर्माण प्रतिष्ठानका प्रतिनिधि तथा फ्रान्सेली प्रतिनिधिमण्डलको उपस्थितिमा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

संभाव्यता अध्ययन प्रतिवेदनका मुख्य विषयवस्तुबारे सम्बन्धित इन्जिनिर र दुईपक्षीय सहायताबारे राजदूत कार्मोनाको मन्तव्य सुनेपछि मन्त्री महासेठले केही सातापछि नेपाल सरकारको निर्णय सुनाउने जानकारी दिनुभयो ।

“प्रतिवेदनबारे हामी गहन अध्ययन र छलफल गर्छाैं, सम्माननीय प्रधानमन्त्री र लगानी बोर्डमा पनि यसबारे विचारविमर्श गरिनेछ,” आगामी एक महिनाभित्र केबलकार निर्माण परियोजना टुंगो लगाइसक्ने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकाको बढ्दो सवारी चाप नियन्त्रण, वायु तथा ध्वनि प्रदूषणमा कमी, पैदलयात्रीका जोखिम र कठिनाइको समाधान र महानगरको सौन्दर्य विटुलिन नदिन केबलकार परियोजना कार्यान्वयन अपरिहार्य भएको पन्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले राससलाई बताउनुभयो ।

केबलकार स्टेशनका निम्ति जग्गा प्राप्तिजस्ता जटिल विषय सरकारले जुटाउनुपर्ने भएकाले महानगरपालिकाजस्ता निकायको पनि परियोजनामा उत्तिकै महत्वपूर्ण भूमिका हुने उहाँ बताउनुहुन्छ । सरकारले परियोजनामा साथ दिएमा त्यो निजी क्षेत्रले पूरा गरेरै छाड्ने प्रण उहाँ गर्नुहुन्छ ।

कालीका समूहका प्रमुख कार्यकारी निर्देशक वत्सल पाण्डे सार्वजनिक निजी साझेदारीअन्तर्गत उक्त परियोजना कार्यान्वयन गर्न उपयुक्त हुने भएकाले आफ्नो समूहलाई फ्रान्सले अध्ययनमा समावेश गरेको बताउनुभयो ।

ब्लूलाइन केबलकार सेवा विष्णुमतिबाट प्रारम्भ भई हनुमानढोका दरबार क्षेत्र–रत्नपार्क–डिल्लीबजार–भण्डारखाल–चाबहिलहुँदै बौद्धनाथमा टुंगिनेछ । जुनसुकै स्टेशनबाट यात्रा प्रारम्भ गरी जहाँ उत्रिए पनि हरेक नेपाली यात्रीले रु ४० भाडा तिर्नुपर्नेछ भने पर्यटकलाई त्यसैकिसिमको सेवाका निम्ति रु १५० शुल्क लाग्नेछ ।

त्यसैगरी गङ्गबु – बालाजु– सोह्रखुट्टे–कालिमाटी बल्खु– त्रिभुवन विश्वविद्यालय ‘रुट’ कायम हुनेछ भने कलंकी–टेकु–थापाथली–रत्नपार्क अर्को केबलकार मार्ग हुनेछ । लगनखेल–पुल्चोक–थापाथली–रत्नपार्कलाई पनि उक्त परियोजनाले समेटेको छ ।

विश्व बैंक, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, युरोपेली लगानी बैंकजस्ता बहुपक्षीय संस्थाले काठमाडौँ उपत्यका केबलकार परियोजनामा लगानी गर्न अभिरुचि देखाएका छन् । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result