Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस्

जेष्ठ १०, २०७५ १:३८ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १० जेठ ९ / राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयलाई आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइने बजेटमा समेट्न आग्रह गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सदस्यले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा त्यस्तो आग्रह गर्नुभएको हो ।

नेकपाका दीनानाथ शर्माले नीति तथा कार्यक्रममार्फत सरकारले समृद्धिको उद्देश्यसहित आएकाले ढुक्क भएर समर्थन गर्नुपर्ने बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा सन्तुलित परराष्ट्र नीति र स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा विकाससहितको स्पष्ट कार्यक्रम रहेको दाबी गर्नुभयो ।

नेपाली काँग्रेसका राधेश्याम अधिकारीले स्थानीय तहलाई बलियो बनाउने गरी बजेट ल्याउन आग्रह गर्दै केन्द्रीकृत शासन व्यवस्थाको मानसिकतामा आधारित भएर ल्याइएको नीति तथा कार्यक्रम निराशाजनक भएको बताउनुभयो ।

सबै क्षेत्र छरेर ल्याएकाले नीति तथा कार्यक्रमलाई ‘क्याटी दस्तावेज’को संज्ञा दिँदै उहाँले नीति तथा कार्यक्रममा वातावरणलाई प्राथमिकता नदिएको बताउनुभयो ।

यसैगरी राष्ट्रियसभाका सदस्य नन्दा चापागाई, रामलखन चमार, रमेशजंग रायमाझी, जीवन बुढा, दिलकुमारी रावल थापा र अनिता देवकोटाले शिक्षा, स्वास्थ्य एवं जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उल्लेख नभएका विषयलाई बजेटमा स्पष्ट गरेर ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै, सदस्य बिना पोखरेल, कविता बोगटी, युट्रोल तामाङ, दुर्गाप्रसाद उपाध्याय, राजकुमार कुँवर, तारादेवी भट्ट र बलरामप्रसाद बाँस्कोटाले सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै आन्तरिक स्रोतको पहिचान, संरक्षण र त्यसको सही सदुपयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नीति तथा कार्यक्रममाथि सदस्यको धारणा राख्ने क्रम नसकिएकाले राष्ट्रियसभाको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result