Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतीय राजनीतिमा वलिउड कलाकार

जेष्ठ १०, २०७६ ५:५६ मा प्रकाशित
भारतीय राजनीतिमा वलिउड कलाकार
Share on FacebookShare on Twitter

जाड्बु शेर्पा,  दूरबिन नेपाल 

अमेरिका, मे २४ । भारतमा हालै सम्पन्न निर्वाचनमा वलिउड कलकारहरुले वाक्लो उपस्थिति जनाएका छन । नतिजा हेर्दा सिने क्षेत्रका कलाकार र संगीतकर्मीको राजनीतिप्रतिको आकर्षण वढ्दै गएको छ ।

 

यस पटकको लोकसभा निर्वाचनमा अधिकांस भारतीय जनता पार्टीका वलिउड कलकारले संसदिय राजनीतिमा भाग्य जमाउन सफल भएका छन भने कांग्रेस र स्वतन्त्रबाट उम्मेदवार बन्ने अधिकांस कलाकार भने नराम्ररीपराजित भएका छन्।

 

भाजपाबाट उम्मेदवार बनेका हेमा मालिनी, सनी देवल, किरण खेर,
जया प्रदा रवि किसन, मनोज तिवारी लगायतका कलाकारले बिजयी हासिल गरेका छन् भने कांग्रेसबाट उम्मेदवार बनेका शत्रघ्न सिन्हा, उर्मिला मातोंडकर, राज बब्बर, स्वतन्त्र उम्मेदवार प्रकाश राज, पराजित बनेका छन् ।

 

पहिलोपटक निर्वाचनमा भाजपाबाट उम्मेदवार बनेका अभिनेता सनी देवले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका छन्। भाजपाबाटै उम्मेदवार बनेकी कुनै समय बलिउडकी अभिनेत्री हेमा मालिनी पनि राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पछाडि पार्दे विजयी भइन्।

 

निर्वाचनको सम्मुखमै समाजवादी पार्टी छाडेर भाजपामा प्रवेश गरेकी अभिनेत्री जयाप्रदा पूर्वपार्टीका प्रतिस्पर्धी आजम खानसँग पराजित भइन्। भाजपाबाट उम्मेदवारी पाएर पराजित हुने कम कलाकारमध्ये उनी पनि एक हुन् । अर्की अभिनेत्री किरण खेरले कांग्रेसका वरिष्ठ नेता पवनकुमार बंशललाई पराजित गर्दै दोस्रो पटक विजय हासिल गरिन । उनी यसअभि पनि सोही क्षेत्रमा भाजपाबाट उम्मेदवार बनेकी थिइन् ।

 

भाजपाबाटै उम्मेदवार बनेका भोजपुरी नायक रवि किशनले उत्तर प्रदेशको गोरखपुरवाट विजयी भए । भाजपा छाडेर कांग्रेसबाट उम्मेदवार बनेका शत्रुघ्न सिन्हा पराजित भएका छन् ।  सिन्ह भाजपाका उम्मेदवार रविशंकर प्रसादसँग दुई लाख ८४ हजार मतले पराजय भएका हुन्। उनी यसअघि भाजपाबाट दुई पटक निर्वाचित भएका  थिए।

 

कांग्रेसबाटै उम्मेदवार बनेका अर्का चर्चित अभिनेता राज बब्बर र अभिनेत्री उर्मिला मातोंडकर पनि पराजित भएका छन । बब्बर भाजपाका राजकुमार चहरसँग पराजित भए भने उर्मिला भाजपाकै गोपाल शेट्टीसँग पराजित भइन्।

 

स्वतन्त्रबाटै उम्मेदवार बनेकी अभिनेत्री सुमनलताले भने कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई अत्याधिक मतले पराजित गरेकी छन्।

त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी बंगाली अभिनेत्री मुनमुन सेनभाजपाका उम्मेदवार गायक बाबुल सुप्रियोसँग करिब दुई लाख मतले पराजित भएकी हुन् ।

 

त्यस्चतै स्वतन्त्रबाट उम्मेदवार बनेका दक्षिण भारतीय फिल्म उद्योग तथा बलिउडका चर्चित अभिनेता प्रकाश राज पनि पराजित भएका छन्। उनी भाजपाका पीसी मोहनसँग पराजित भएका हुन् ।

 

त्यस्तै आफ्नै दल खोलेर सिक्किमको राजनीतिमा होमिएका चर्चीत फुटवल खेलाडी भाइचुङ भुटिया पनि आफ्नो निर्वाचन क्षेत्र गान्टोकमा पराजीत भएका छन ।

एजेन्सीको सहयोगमा

 

 

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result