काठमांडौ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा सोमवार बसेको स्थायी कमिटीको बैठकले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको जनाएको छ ।
खनाल र नेपालसँग नेताहरु भिम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, कल्याणी खड्का, लक्ष्मी कुमारी चौधरी , सरला यादव, निरादेवी जैरु, पुष्प कुमारी कर्ण, र कालिका खातुनलाई एमाले पार्टीको सदस्य समेत नरहने गरि कारबाही गरेको छ । नेपाल खनाल समुहका अरु ११ जना सांसदलाई स्पटीकरण सोध्ने निर्णय गरेको छ । एमाले पार्टीमा जारी संघर्ष र कारवाही प्रक्रियाले पार्टी फुटको संघारमा पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-