काठमाडौं । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका ३० जनाविरुद्ध पाँचवटा कसुरमा मुद्दा दर्ता गराएको छ।
प्रहरीले बुधबार जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेकाहरुविरुद्ध ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गराएको हो।
सरकारी वकिल कार्यालय काठमाडौं प्रमुख अच्युतमणि नेउपानेले उनीहरुविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जानकारी दिए।
यो प्रकरणमा पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्।
प्रतिक्रिया लेख्नुहोस्:-