Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार…

जेष्ठ ११, २०७५ १०:५२ मा प्रकाशित
नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार…
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ जेठ / ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार …।
नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो ।

संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा आज उहाँले भन्नुभयो, “सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष छ ।”

पूर्वसभामुख समेत रहनुभएका सांसद नेम्वाङले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको उल्लेख गर्दै निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले नीति तथा कार्यक्रम मार्फत सपना देख्नु नराम्रो हो र ? सपना देख्नु अचम्म हो र ? बजेटले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउँछ, संविधान सबैका लागि स्वीकार्य भएको छ, संविधान सहमतिमा नै जारी भएको हो । ”

सांसद नेम्वाङले साझा दस्तावेजका रुपमा संविधान आएको हो, समय सापेक्षा रुपमा संविधान संशोधन र परिमार्जन गर्न सकिन्छ भन्नुभयो । उहाँले सरकारले (सत्ता पक्ष)ले दम्भ गर्न नहुने चर्चा गर्दै सरकारको कुनै काममा दम्भ भन्दा हार्दिकता आउँछ, मिलेर नै लोकतन्त्रलाई संस्थागत विकास गर्ने हो भन्नुभयो ।

सांसद नेम्वाङले प्रधानमन्त्रीले प्रतिपक्षीलाई मिलेर अगाडि बढ्न पटक ÷पटक आग्रह गरेको स्मरण गर्दै जनताको भावना, चाहना अनुसार मिलेर निर्वाचनमा बोलेका प्रतिबद्धता पूरा गरौं भन्नुभयो ।

नेपाली काँग्रेसका विजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रम सपनामा महल बनाउने खालको आएको टिप्पणी गर्दै भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन, कृषि जलस्रोत जस्ता महत्वपूर्ण क्षेत्रमा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले “नेकाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने चर्चा गर्दै सरकार एकलौटी रुपमा चल्न लागेको छ भन्नुभयो ।”

नेकपाका सांसद देव गुरुङ्ले समृद्ध नेपाल, सुखी नेपालको नारालाई सार्थक बनाउन नीति तथा कार्यक्रम आएको भन्दै अगामी बजेटमा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नुपर्छ भन्नुभयो ।

सबै जिल्लालाई सडक सञ्जालले जोड्न ऊर्जा उत्पादन बढाउन, कृषि उत्पादनमा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले नीति तथा कार्यक्रम अति महत्वकांक्षी भएको, सपना बाँड्ने मात्र काम भएको टिप्पणी गर्दै राजनीति स्थिरता बिना विकास सम्भव छैन, यसैले संविधान संशोधन गर्न माग गर्नुभयो ।

उहाँले तराई÷मधेश आन्दोलनका शहीद भएका परिवारलाई राहत दिने विषयमा नीति तथा कार्यक्रम मौन रहेको उल्लेख गर्दै जनसंख्या र भूगोलका आधारमा बजेट ल्याउनुपर्छ भन्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका सरिता गिरीले आर्थिक वृद्धिदर बढाउने खालका गतिविधि बढाउन र प्रशासन संयन्त्रलाई चुस्त बनाउन सुझाव दिनुभयो ।
नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result