Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतको आम निर्वाचनमा खेलाडी

जेष्ठ ११, २०७६ ५:५६ मा प्रकाशित
भारतको आम निर्वाचनमा खेलाडी
Share on FacebookShare on Twitter

बद्रि गौतम, दुरबिन नेपाल, न्युयोर्क, मे २५

संसारकै सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक भारतको निर्वाचनले सबैको ध्यान तानेकै थियो । अब नतिजा जसरी आयो त्यसले संसारभरी नै चर्चा परिचर्चा भइरहेको छ । हिन्दुवादी दल भारतीय जनता पार्टीको अभुतपूर्व विजयले सबैलाई आश्चर्यमा पारेको छ । त्यसो त निर्वाचनका बेला गरिएको एक्जीट पोलको नतिजा भाजपाकै पक्षमा आउने आंकलन भएपनि यति ऐतिहासिक हुने अनुमान थिएन । भारतको सबैभन्दा पुरानो दल कंग्रेसको शर्मनाक हार भएको छ ।
भारतीय खेलाडी जो निर्वाचनमा होमिए

भारतीय लोकसभा निर्वाचनमा अभिनेताहरुमात्र मैदानमा ओर्लिएका होइनन । कतिपय चर्चित खेलाडीहरुपनि चृुनावी मैदानमा उत्रिएका थिए । खेलको मैदानमा आफ्नो पौरख देखाएका खेलाडी मध्ये कसैले सांसद बन्ने सौभाग्य पाएभने कोही भने पराजित बने ।

क्रिकेटर गौतम गम्भीरले जिते

कुनै बेला भारतीय क्रिक्रेटका खम्बा मानिने गौतम गम्भीर यतिबेला लोक सभा निर्वाचनमा भारी मतले जितेपछि चर्चाको शिखरमा छन । गौतमले भारतीय जनतापार्टीबाट चुनाव जितेका हुन । उनले पूर्वी दिल्लीबाट निर्वाचन लडेका थिए । गम्भीरले आफ्ना प्रतिष्पर्धी आम आदमी पार्टीकी आतिशी मार्लिनालाई चारलाख ७६ हजार भन्दा धेरैको अन्तरले पराजित गरेर दिल्ली लोकसभाको टिकट काटन सफल भए ।

भाइचुङ भुटीयाको जमानत जफत

कुनै बेला भारतमा मात्र होइन, दक्षिण एसियामा मात्र पनि होइन युरोपीयन फुटवल लिग सम्म खेलेका भारतीय फुटवलर भाइचुङ भुटीया यसपटकको भारतीय निर्वाचनमा भने नराम्ररी पराजित बने । सन २०१८ मा हाम्रो सिक्कीम पार्टी नामक दल खोलेर राजनीतिमा होमिएका भुटीया सिक्कीमको गन्तोकका दुई निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । तर उनी दुवै स्थानबाट आफ्नो जमानतपनि उठाउन नसक्नेगरी पराजित बने ।

बक्सर विजेन्द्र सिंह पराजित
भारतीय बक्सर विजेन्द्र सिंहले कांग्रेसको तर्फबाट दक्षिणी दिल्लीबाट चुनाव लडेका थिए । सिंहले बक्सीङको कोर्टमा जस्तो जादु निर्वाचनको कोर्टमा देखाउन सकेनन । उनी भाजपाका रमेश विजुरी संग पाँच लाखभन्दा धेरै अन्तरले पराजित बने ।

ओलम्पियन राज्य बर्धन र कृष्णा पुनीयाको भिडन्त

भारतीय ओलम्पियन कृष्ण पुनिया जयपुरबाट कंग्रेसको तर्फबाट निर्वाचनमा होमिइन । तर उनी अर्का ओलम्यिन राज्यबर्धनसंग पराजित भइन । भाजपाबाट चुनाव लडेका राज्यबर्धनले पुनियालाई झण्डै चारलाख मतको अन्तरले पराजित गरे ।

फुटवलर कल्याण चौबेले हारे

भारतीय राष्ट्रिय टोलीबाट फुटवल खेलेका कल्यान चौबेले भारतीय जनता पार्टीबाट पश्चिम बंगालको कृष्णनगरबाट निर्वाचन लडे । तर फुटवलमा जादु देखाएका चौबेले निर्वाचनमा भने कमाल गर्न सकेनन । भारतभरी नै भाजपाको लहर आएको बेला पनि चौबेले त्रिणमुुल कंग्रेसकी महुवा मोइत्रासंग झण्डै ६५ हजार मतको अन्तरले पराजित बने ।


पुराना क्रिकेटर किर्ती आजादको जादु चलेन

भारतीय टोलीका पुराना क्रिकेटर किर्ति आजादले कांग्रेसको तर्फबाट धनवाद भन्ने स्थानमा निर्वाचन लडे । तर क्रिकेटमा जस्तो जादु उनको निर्वाचनमा चलेन । आजाद भारतीय जनता पार्टीका पीएन सिंहसंग झण्डै साडे तीन लाख मतले पराजित बने ।

 


पूर्व सुटर राव इन्द्रजीत सिंहको निशाना चुक्यो

भारतीय सुटर खेलाडी राव इन्द्रजीत सिंह कुनै बेला सुटीङमा निकै चिनिएका हुन । तर भाजपाको लहर चलेकै बेलापनि उनी गुरगावंमा कंग्रेसका क्याप्टेन अजय सिंहबाट तीन लाख ८६ हजार भन्दा धेरै मतले हार्न पुगे । रावले सो स्थानमा पुनः निर्वाचनको माग गरिरहेका छन ।

एजेन्सीको सहयोगमा
तस्विरः एजेन्सी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result