जाङ्बु शेर्पा – दूरबिन नेपाल
अमेरिका, मे २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्रले रिलिजको पहिलो दिन २ करोडको कमाइ गरेको छ । मेदीको विजयीसँगै चलचित्रको व्यपार वढ्न सक्ने आकलन भारतीय चलचित्र समिक्षकहरुले गरेका छन ।
उमङ कुमार निर्देशित चलचित्रमा विवेक ओवरायले प्रधानमन्त्री मोदीको भूमिकामा अभिनय गरेका छन । चलचित्रलाई निर्वाचन अघि नै रिलिज गर्ने भनिए पनि विपक्षिको विरोध पछि चलचित्र प्रदर्शनको मितिलाई सारिएको थियो ।
लामोसमयसम्म चलचित्रवाट टाढिएका विवेकको यो महत्वाकांक्षि चलचित्र हो । विवेकले अभिनेता सलमान खान सँगको खटपटका कारण वलिउडमा चलचित्र नपाएको गुणासो गर्दै आएका छन । हालै मात्र सामाजिक सञ्जालमा पूर्व विश्व सुन्दरी ऐश्वर्य रायमाथि ट्रोल गरेका विवेकको सामाजिक सञ्जालमा व्यापक आलोचना गरिएको थियो । कतिले यसलाई आफ्नो चलचित्र चलाउने तिकडमकोरुपमा लिएका छन ।
एजेन्सीको सहयोगमा







प्रतिक्रिया लेख्नुहोस्:-