काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर मिडियालाई आतंकित बनाएको आरोप लगाएको छ ।
संसद्मा देखिएको गतिरोध अन्त्यका विकल्प खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गरिएको धरपकडबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौँ । गम्भीर ध्यानाकृष्ट भएको छ भनेर कुरा उठायौँ भनेर कुरा उठायौँ,’ प्रमुख सचेतक लेखकले बैठकपछि भने ।
प्रतिक्रिया लेख्नुहोस्:-