Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोभिड–१९ महामारी र विवश अमेरिकी जनता

जेष्ठ १३, २०७७ ३:५३ मा प्रकाशित
कोभिड–१९ महामारी र विवश अमेरिकी जनता
Share on FacebookShare on Twitter

तारा भट्टराई, न्युयोर्क, अमेरिका

यतिबेला म कोभिड– १९ को ईपिसेन्टर न्यूयोर्कमा छु र अमेरिका कत्तिको समृद्धशाली देश रहेछ र आपतकालिन अवस्थालाई कसरी सामना गर्दाेरहेछ त भन्ने कुरा आफ्नै आँखाले देख्ने, हेर्ने र मनभरि महसुश गर्ने मौका पाईरहेकी छु । न्यूयोर्क जस्तो अस्तव्यस्त र भद्रगोल ठाउँमा बस्ने बासिन्दा म कोभिड–१९ को महामारी अवस्थाको प्रत्यक्षदर्शी र साक्षी पनि हुँ । एकातिर पत्रकारिता गरेको थोर बहुत अनुभव अनि अहिलेको महामारीमा स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसरसँगै दैनिक कोरोना भाईरसका बिरामीहरुको रेखदेख गर्ने क्रममा उनीहरुसँग उठबस त भईनै हाल्ने कुरा भयो । यस्तो अवस्थामा पत्रकारिताको आँखाले अमेरिका त्यसमाथि पनि घनावस्ती भएको न्यूयोर्कलाई अहिलेको परिस्थितिमा नियाल्दा यहाँका जनताले अत्यन्तै बिषम र दर्दनाक परिस्थितिको सामना गरिरहेका छन् भन्दा फरक पर्दैन । अर्काे सरल भाषामा भन्ने हो भने कतै मानवीयता हराएको देश यहि त होईन भन्ने पनि लागिरहेको छ ।

 

 

हुनपनि सद्दाम हुसैनलाई फाँसिदिने अमेरिका, इरानी कमान्डर जनरल कासिम सुलेमानीलाई गोली ठोक्ने अमेरिका, आणविक बम र रासायनिक हतियारमा अर्बौं डलर खर्च गर्न सक्ने अमेरिकामा मानिसहरु सुक्ष्म भाईरसको उपचार नपाएर कुकुर झै सडकमा मर्लान भन्ने मैले जिवनमा कल्पनासम्म पनि गरेकी थिइन । आणविक भट्टीमा त्यति ठूलो लगानी गर्ने अमेरिकाले अरुको त के कुरा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई एउटा मास्क र गाउन उपलब्ध गराउन नसक्दा म जस्ता स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले एउटै गाउन २० पटक धोएर लाउनुपर्ने अवस्था छ । ठूलो कुरा त के गर्नु ? सामान्य ज्वरो नाप्ने र अक्सिजन नाप्ने मेसिनहरु पनि पर्याप्त छैनन् । भएको पनि बिग्रिएका छन् र बिग्रिएको छ, ब्याट्री सकिएको छ भन्दा कान सुनिदिने मान्छेको पनि यहाँ अभाब छ । ज्वरो नापिसकेपछि कहिले काहि त लेख्ने कागजको खोस्टो पनि उपलब्ध हुँदैन । बिहानै एउटा सर्जिकल मास्क थमाई दिएर काममा पठाउँछन् र अर्काे माग्यो भने छैन भन्छन् ।

 

 

अस्पताल ब्यवस्थापनले मेडिकल माफियाहरुहरुसँग नाफा नअसुलिकन अस्पतालमा कुनै पनि सामाग्री आईपुग्दैन । हप्तौसम्मको नाफा घाटाको बार्गेनिङ भईसकेपछि बल्ल पीपीई बनाउने कम्पनिलाई अर्डर भएर आईपुग्दासम्ममा धेरै स्वास्थ्यकर्मीहरु भाईरस संक्रमण भएर छट्पटाईरहेका थिए भने कतिपयको ज्यान पनि गईसकेको थियो । बजारमा एकाएक सिटामोल, लाईसोल, हेण्डसेनिटाईजर गायब भईसकेको थियो । स्वास्थ्यकर्मी जोगाउन समेत असक्षम सरकार देखेपछि धेरै स्वास्थ्यकर्मीहरुले राजिनामा दिएर घरमै बसे भने गभर्नरले बाहिरी राज्यहरु र देशबाट समेत स्वास्थ्यकर्मीहरुको माग गरिरहेका थिए । अरुको त के कुरा गर्नु ? मेरो आफ्नै कुरा गर्दा म आफुले आफैलाई भन्दा पनि धेरै मायाँ गर्ने प्रियजनहरु घरमा भाईरस लागेर छटपटाइ रहेका बेलामा मेरो अपार्टमेण्टबाट दुई माईल र अढ़ाई माईल टाढाको दुरीमा रहेका अमेरिकामा नै नाम चलेका दुई ठुला अस्पतालहरुमा मैले पठाउन सकिन । कति पटक ९११ नम्बर दबाउन खोजे तर हात काप्यो । अस्पतालमा पुगेदेखिको वातावरण सम्झेर मैले औलाले फोन नम्बर दबाउन सकिन । मलाई प्रष्टसँग थाहा थियो कि भाईरसले गलाईसकेको मेरो मान्छेले परैबाट कुकुरलाई झै फालिदिएको कुहिएको टर्कि र सुँगुरको मासु बिचमा कोचिएको चिसो पाउरोटी र बाथरूमको पानी वाक्यानको सोडा, अस्पतालका चगमभ कर्मचारिहरुको ब्यवहारले दुई दिन पनि जिवन धान्न सक्दैन भन्ने कुरा । केहि गरेर जिवन गैहाल्यो भनेपनि उनिहरुले लासलाई युद्धमाछोडिएको बेवारिसे बम जस्तै फालेर छोड्नेछन र दोहोर्याएर त्यहा‘ पुग्ने समय उनीहरुसँग हुनेछैन भन्ने पनि मलाई थाहा थियो । यस्तै बिबिध कारणले मैले अस्पताल नपठाईकन मन दर्हाे पारेर भगवानसँग प्रार्थना गरे र जे भएपनि घरैमा होस कमसेकम अन्तिम अवस्थामा हात समात्न र बाई गर्न त पाउछु नी भन्ने ठाने । निरन्तर स्याहार सुसारपछि अन्त्यमा निकोभयो । यो त मेरो ब्यक्तिगत कुरा भयो । 

 

 

जब कोभिड १९ को बिषयमा वुहानमा आउटब्रेक भएको रिपोर्टिंग पत्रकारहरुले गरिरहेकाथिए र चाईनाबाट भाईरस प्लेन चढेर अमेरिका उड्ने अन्तिम तयारी गरिरहेको थियो । त्यतिबेला यता अमेरिकाका सबै अस्पताल प्रशासन र हेल्थ ईन्स्टिच्यूसनहरु लगभग निदाएको अवस्थामा थिए । मार्च २ का दिन न्यूयोर्कको वेचेस्टर काउण्टीमा पहिलो केस देखापरिसक्दा पनि न्यूयोर्कका अस्पतालहरुमा सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी ) ले अस्पताल तथा स्वास्थ्य कर्मीहरुलाई कोरोनाभाईरसको कसरी सामना गर्ने भनेर केहि गाइडलाइनहरुपनि जारी नै गरेको थिएन । अहिले महामारीको दुई महिना नाघिसक्दा पनि अमेरिकाको प्रमुख स्वास्थ्य एजेन्सी सेन्टरफर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी ) को निश्चित र गाइडलाइनहरु नै छैनन् । अस्पताल र स्वास्थ्य संस्थाहरुका बाहिर गेट देखिनै नियम कानुनहरुले दैनिक रंगिइरहन्छन् हरेक दिन पढ्नपनि नभ्याईकन च्यातिन्छन् । फेरी अर्काे दिन बिहानै नयाँ नियमहरु भित्तामा टाँसिईसकेका हुन्छन् । हामी टिभीका समाचारहरु र सोसियल मीडिया हेरेर अब निकट भविष्यमा हुने आफ्नो मृत्युको भन्दापनि मृत्यु अगाडी पाईने र हुने पिडा, हैरानी र दुखको सुनिश्चितता गरेर बसेका हुन्छौ । संसारमा आजसम्म मान्छेलाई लाग्ने जति सबै रोगहरुको सामनागरिसकेका स्वास्थ्यकर्मीहरु कोरोना भाईरसको सामना कसरी गर्ने भनेर अझै पनि आत्तिने अवस्था छ । 

 

 

अमेरिकामा मिडियाहरुले पनि त्यस्तै अत्यासलाग्दा समाचारहरु मात्रै पस्किरहेका छन् । मार्च १५ सम्म भिडभाड तथा समुहमा जान मानिसहरुलाई कुनै बन्देज लगाईएको थिएन । उता राष्ट्रपति ट्रम्पले कोरोना भाईरस सिजनल फ्ल्यु भन्दा पनि कमजोर रहेको बताईदिएका कारण अमेरिकनहरु मास्क लगाउन अझै पनि मान्दैनन । स्वास्थ्य बिज्ञहरुलेपनि तिमी बिरामी छैनौ भने मास्क लगाउन जरुरी छैन भनेर आफ्नो भनाई सार्वजनिक गरे । स्वास्थ्य बिज्ञहरुको जस्तो गाइडलाइन हुन्छ अरुलाई पनि त्यहिं अनुसार गर भन्ने हो । अप्रिल ३ मा सरकारले अफिसियल रुपमा नै सबैले मास्क लगाउने वा फेस कभर गरेरमात्रै बाहिर निस्कने स्टेटमेण्ट जारि गर्याे । नगरे जरिवाना लगाउने भन्यो । केहिलाई समातेर टिकट पनि दियो । अमेरिकन जनतालाई के गर्ने भनेर अन्योल भैरहेकै बेलामा रातारात नियम फेरेर फाईन तिराउन लगायो । उता राष्ट्रपति ट्रम्पले लाईसोल र डिटोल खानु भने । केहि मानिसहरुले त्यसै गरे । उता निर्माता कम्पनीहरुले जनस्वास्थ्यको लागि खतरा छ, नखाउ र खानको लागि बनाईएको होईन भनेर बक्तव्य नै निकाल्यो । मुलधारका मिडियाहरुले पनि सोहि अनुसार नै रिपोर्टिङ गरेर सर्वसाधारणहरुलाई सूसुचित गराउदै गए । यता म जस्ता स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई के गर्ने र के नगर्ने भनेर झनै अन्योल हुँदैगयो । एका–एक आगो जस्तै गरि सल्किएको भाईरसले कसैलाई पनि छोड्ने अवस्था थिएन । अस्पतालहरुमा एकातिर बिरामीलाई कसरी रेखदेख गर्ने भन्ने ज्ञानको अभाव थियो भने गाउन र मास्क लगायत पिपीईको अभावमा लगभग सबै स्टाफहरुमा एक्सपोज भईसकेको अवस्था थियो । संक्रमित बिरामीहरु र मरेका लासहरु युद्धमा छोडिएका बेवारिसे बम जस्तै अवस्थामा थिए । न त उनिहरुका परिवारको उपस्थिति नै हुन्थ्यो ।

 

 

झण्डै ९ मिलियन मानिसहरु बस्ने न्यूयोर्क शहरका दैनिक हजारौ मानिसहरु कोभिड १९ संक्रमण हुँदैजाँदा स्वास्थ्य सेवा को जरुरी हुन थाल्यो । ९११ मा कल गरेको २० र ५० मिनेटको बिचमा एम्बुलेंस लिन त आईपुगे तर बिना पिपीईनै नाङ्गो हातले बिरामीलाई जुरुक्क उठाएर अस्पताल लगेको दृश्यले मेरो मन रुन्थ्यो । अस्पतालमा लगेर पनि तुरुन्तै औषधि पाईहालिन्छ भन्ने अवस्था पनि छैन । श्वास फेर्न गाह्रो भए अक्सिजन वा भेन्टिलेटरमा राख्ने हो । पर्याप्त भेण्टिलेटर पनि छैनन् । बाहिर बिरामीहरु लाईनमा छन् भनेर भेन्टिलेटरमा राखिएको बिरामीलाई अब लाईफ र डेथको छनौट गर भनेर म्रत्यु रोज्न बाध्य हुनुपर्याे । श्वास फेर्न गार्हाे हुँदा हुदै धेरैले घर फर्कनु पर्याे भने कतिपयले डिस्चार्ज गरेर अस्पतालको ढोका बाहिर पुग्न नपाउँदै ज्यान गुमाउन पुगे । कतिपयलाई बचाउने क्रममा कुन औषधिले काम गर्छ भन्ने प्रयोग गर्दा गर्दै ज्यान गएको हुनुपर्छ ।

 

कोभिड–१९ का बिरामीहरुलाई ज्यान हत्केलामा राखेर स्वास्थ्यकर्मीहरुले रेखदेख गरेको अवस्था पनि एकदमै टिठलाग्दो छ । नियम अनुसार हरेक आधा आधा घण्टामा सोधपुछ गर्न आईपुग्नु पर्ने हुन्छ । ईमर्जेन्सी परेर बटन दबाई सक्दा स्वास्थ्यकर्मीको उपस्थिति हुनैपर्छ । सामान्य ब्यक्तिको कुरा छोडेर शरिरमा क्याथेटर राखिएका, मुखबाट खान नसकेर शरिरमा ट्युब राखिएकाहरु लगायतका बेडमै दिशा पिशाब गर्ने दीर्घरोगीहरुको हेरबिचार गर्ने काम सजिलो पनि छैन । अस्पतालमा हेरचाह गर्ने ब्यक्तिले छेउमै गएर भाईरसको सामना गर्नुपर्छ । कति मानिसले कुरा बुझ्दैनन र नबुझेसम्म दश पल्ट नै किन नहोस बताईदिनुपर्छ । दोभासेको बन्दोवस्त गरेर पनि कुरा बुझाउनु पर्छ । माक्स लगाएर सीडीसी गाइडलाइनको दुरीबाट बोलेको धेरै जसो बुढा बुढीहरुले पटक्कै बुझ्दैनन । गरिब, धनि, कालो, गोरो, एसियन, अमेरिकन, अफ्रिकन, महिला , पुरुष, होचो पुड्को केहि नभनिकन सबैलाई समान तरिकाले ब्यवहार गरिनै पर्छ । 

 

सडकमा एम्बुलेंसका साइरनहरु तिखो स्वरमा बजेको आवाजÞ र अस्पताल बाहिर एम्बुलेंसहरुको लाईन देख्दा अनि अर्जेन्ट केयरहरुमा बिरामीहरुको लाईन देख्दा नियम बमोजिम गर्नुपर्ने मानवीय कार्यहरु भईनै रहेको जस्तो देखिन्छ । कागजमा कानुनहरु प्रष्ट लेखिएका छन् र कानुन ब्यवहारमा लागु गरेर ल्याप्चे लगाउने ठाउँमा लगाईएकापनि छन् र जहाँजहाँ हस्ताक्षर गरिनु पर्ने हो सबै पानाहरु नछोडीकन गरिएकोपनि छ । प्रविधिको सहयोगले अनलाईनमा बिद्यार्थीहरुले क्लास लिई नै रहेकाछन् । खान नपाउनेहरुलाई सरकारले चोकचोकमा खाना बितरण गरिरहेको जस्तो देखिन्छ । ट्याक्स तिर्ने अमेरिकनहरुलाई आम्दानी हेरिकन इन्टरनल रेभेन्यु सर्भिसेज (आईआरएस)ले चेक पठायो । बहुसंख्यक अमेरिकनहरु १२०० डलरको चेकका लागि योग्य भए र पाउने क्रम पनि जारिछ । तर यसका लागि पनि ठुलै खिचड़ी पाक्यो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमतमा रहेका डेमोक्र्याटहरुको निरन्तरको जोडबल पश्चात सिनेट र ह्वाइटहाउसको सहमति जुटेपछि यो रकम दिन आईआरएस लाई अधिकार दिईएको हो । तर धेरै आम्दानी हुने अमेरिकनहरुलाई ट्रम्प सरकारले लाखौ लाख डलर बाँडिरहेको छ । उनीहरुको भिड–१९ बाट जोगिन अमेरिका भित्रै छुट्टै कोलोनी बनाएर सुरक्षित बसेका छन् । उनीहरु अब दुई बर्ष बाहिर निस्कनेवाला पनि छैनन् । रिपब्लकिनहरुले जनतालाई प्रत्यक्ष राहतदिने कुरामा पक्षपोषण गर्दै गर्दैनन् र साहु महाजनलाई नै सक्दो सहायता गरेर गरिबजनतालाई न्यूनतम ज्याला दिएर काममा जोताईरहन चाहान्छन् ।

 

अहिले कोभिड–१९ का कारण रोजगारी गुमाएर अमेरिकीहरुले बेरोजÞगारी भत्ताका लागी आवेदन भरेका छन् । आगामी नोभेम्बरमा चुनाव नहुने थियो भने बेरोजगारी भत्ता भन्दा भाइरसको महामारी चलिरहेका बेला सर्वसाधारणलाई काममा जान नै बाध्य पार्थे । उता हजारौ मानिसहरु सडकमा भिखारी भएर प्लेटमा खान थाप्न बसेका छन् । लाईनमा बसेर अमेरिकनहरुले खाना थापेको देख्दा मनमा लाग्छ कति उदार अमेरिरिकी सरकार ? कस्तो चोक चोकमा सबैलाई खान बाँड्न सकेको ? यस्को कथा भने बेग्लै छ । के यहाँका नागरिकलाई राज्यले दिने सुविधाहरु यिनै हुन ? के यीनैलाई भरिपूर्ण र यथेष्ट मान्ने त ? भन्ने कुराले पटक पटक मलाई घोचिरहन्छ । कुनैदिन पनि यहाँको सिस्टम देखेर मनमा चैन नै हुँदैन । यहाँका हरेक मानिसहरु राज्यलाई तिर्नुपर्ने करमा कन्जुस्याई नगरिकन ईमानदारी पुर्वक समयमै ट्याक्स दाखिÞला गर्छन् । त्यो अनुसार सरकारले नागरिकहरुलाई शिक्षा, स्वास्थ्योपचार र रोजगारीको ग्यारेन्टी गरेको यहिं हो त भन्ने कुराले चिमोटि रहन्छ ।

 

 

म अमेरिकामा नयाँ आप्रवासी हुँ र नागरिकप्रति सरकारको दायित्व के हो भन्ने नै थाहा नभएको देश नेपालको पुर्वी जिल्ला पाँचथरको सानो गाउँमा जन्मे हुर्केकी मैले गरिवी, बेरोजÞगारी, अशिक्षा र स्वास्थ्य सेवामा पहुँच नहुदाका पिडाहरु राम्रैसँग नियालेकी हुँ । म आफै ४० बर्षको उमेरमा पराई अमेरिकनको आँगनमा उभिएर रोजगारी गरिरहेकी छु । मेरोदेशका म जस्ता काम गर्ने उमेरका लाखौ युवा युवतीहरु कि त बिदेशमा‘ छन् र स्वदेशमा हुनेहरु बेरोजगार छन । बेरोजगारी पनि गाउँको भन्दा शहरको दर्दनाक छ । तर हामी आफ्नो जोहो आफै गर्न सिकेका थियौ र जस्तो सुकै आपतकालमा पनि सरकारको भर नपर्ने बानी थियो । तर अमेरिकामा कोभिड–१९ को महामारीमा होस वा अरुबेला कै अवस्थामा किन नहोस सरकारले जनताको कमाईबाट सक्दो कर लिन्छ र जनतालाई न त राम्रोसँग बाँच्न दिन्छ नत मर्न नै दिन्छ । जिवनभर कमाएको पैसा आधा भन्दा बढी आफैले लिन्छ र आफुलाई चाहिएको बेलामा हेलचेक्र्याई गरेर खेलवाड गर्छ ।  अहिले अस्पतालले कोभिड–१९ बाहेक अन्य बिरामीहरुको उपचार गर्न मान्दैनन । कोहि इमरजेंसीमा गईहालेमा दिनभर पानि सम्म पनि खान नपाएको गुनासो सुनाउँछन् ।

 

 

यहाँ लकडाउन गरेको भनियो तरपनि खाद्यान्नका पसल, औषधी पसल, डेली ग्रोसरी स्टोरहरु, यातायात र पेट्रोल पम्पहरु खुलेकै थिए । भित्रीरुपमा बार रेष्टुरेन्टहरु खुलेकै थिए । पुर्णरुपमा लकडाउन भएको पनि छैन ।यसरी न्यूयोर्कको महामारीको अवस्थालाई केलाउदा सरकार जनस्वास्थ्य प्रति अलिकतिपनि जÞिम्मेवार छैन । एकातिर मानिसहरु जिवनको भीख मागिरहेका छन् भने अर्काेतिर ट्रम्प सरकार बजार खोलेर नाफा कमाउन हतार देखिन्छ । अस्पताल र औषधिमा लगानीभन्दा पनि हतियार खरिदमा नै लगानी गर्न उद्यत देखिन्छ । अहिलेको महामारीको अवस्थालाई कसरी सामान्यतर्फ फर्काउने र चाँडोभन्दा चाँडो औषधि पत्ता लगाउन भन्दापनि मलेरियाको औषधी हाइड्रोक्सी–क्लोरोक्वीन प्रयोग गर्न सुझाइरहेको छ ।

 

 

आफु ठुलो रिसर्चको काम गर्ने र सन्सारकै उत्कृष्ट र शक्तिशाली भन्ने अमेरिकनहरुले आफ्नो दिशा पिसाव धुन र लौण्ड्री गर्न समेत सन्सार भरका म जस्तै आप्रवासीलाई न्यून ज्याला दिएर रातदिन जोताएका छन । यसो गर्नु उनीहरुको महानता हो । तर यस्तो सुक्ष्मभाईरसको आवस्यक रिसर्च गरेर समयमा औषधि पत्ता नलगाईकन लास गनेर बसेको छ । एक शक्तिशाली देशले अर्काे देशलाई भाईरसको उत्पतिको बिषयमा आरोप प्रत्यारोप गर्नुपनि हाँस्यास्पद बिषय हो । भाईरसको उत्पत्ति जुनदेशबाट भएको भएपनि यस्को समाधानमा लाग्नु मानवाधिकारको ठेकेदार देश अमेरिकाको दायित्व हो ।

लेखक अमेरिकाको न्युयोर्कका स्वास्थ्यकर्मी हुन

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result