Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ब्रिटिसले भारत छोड्दै सुगौली सन्धिको अन्त भयो 

जेष्ठ १३, २०७७ ७:१९ मा प्रकाशित
ब्रिटिसले भारत छोड्दै सुगौली सन्धिको अन्त भयो 
Share on FacebookShare on Twitter

लक्ष्मण अधिकारी  ( रोशन )

 

   कहिले पोर्चुगिज, कहिले डच अनि अन्तिममा अङ्ग्रेजको गुलाम बनेको देश भारत । भारतका नागरिकले आफ्नो पसिना र बलबुतामा भारत निर्माण गरेको हुँदै होइन । शक्तिको उन्मादमा विश्वलाई आफ्नो अधीनमा राख्न अङ्ग्रेज साम्राज्यवादले  अरुलाई फुटाएर वा लडेर बनाएको देश हो इन्डिया । सयौँ वर्ष अङ्ग्रेजको गुलाम बनेर बसेका भारतीयहरू  गुलामी र साम्राज्यवादी चिन्तनबाट प्रभावित नहुने कुरै भएन । अङ्ग्रेजबाट उनीहरूले अरु कुरा के के सिके थाहा भएन । तर भारतीय राजनीतिज्ञहरूले अरुलाई दुख दिन र जालझेल गर्न भने धेरै सिकेको उनीहरूले प्रदर्शन गरेको व्यवहार र बोलीबाट सहजै बुझ्न सकिन्छ ।     


सुगौली सन्धि 


सन १८१४ बाट शुरु भएको युद्धमा नेपालीसँग जित हासिल गर्न नसकेपछि  इस्वित सम्वत् १८१५ मा सम्झौतामा जाने गरी युद्ध बिराम भयो । सन्धिले  १८१६ मा मूर्तरूप पायो ।  त्यही सम्झौताको नाममा अङ्ग्रेजले साम्राज्यबादीले नेपालको विशाल भूमिलाई भारतमा मिलाए । हाम्रो सान गिर्यो । कतिपय हाम्रा गाँउ र  वस्ती साम्राज्यवादीको अधीनमा गयो । भूगोलसँगको सम्बन्ध र नाता काटियो । देशको अखण्डतालाई क्षत विक्षत बनायो । स्वाभिमानताको इज्जत लुटियो । गोर्खाको नाममा हामीलाई वीरको पगरी गुथाएर सस्तो मूल्यमा पसिना र रगतको होली खेले । पैसाकै लागि हामी अर्काका निम्ती ज्यान दिन तयार भयौं । र आज पनि त्यसको निरन्तरता छँदै छ । आर्थिक सङ्कट आफ्ना ठाँउमा छ । जे भएपनि श्रमको सम्मान समानतामा आधारित हुनुपर्छ । तर अहिले पनि हाम्रो आर्थिक कमजोरी उनीहरूको पैसाकै लागि सटही भइरहेको छ होइन र ?  


इस्बित सम्वत् १८५६ मा भारतमा भएको सिपाही विद्रोह दबाउन नेपालसँग अङ्ग्रेजले सहयोग मागे । तत्कालीन प्रधानमन्त्री जङ बहादुर राणाले अधिकांश नेपाली सेना भारतमा लिएर गए । भनिन्छ ,नेपाली सेनाले दशौँ हजार भारतीय सेना र निमुखा जनताको हताहति गरेर भारतमा अङ्ग्रेज माथि मडारिएको  खतरा टारी दिए  । नेपालीहरूको वीरता देखेर अङ्ग्रेजहरू प्रभावित भए । त्यस बेला एलिजाबेथ फस्ट ब्रिटेनकी रानी थिइन् । जङ बहादुरको साहस र नेपाली सेनाको बहादुरीको कदर गर्दै आजको बाके, बर्दिया, कैलाली र कन्चनपुर  फिर्ता भयो । त्यसको अर्थ हुन्छ त्यसै बेला सुगौली सन्धि पनि परिमार्जित भयो ।


हामीले भारतसँग सुगौली सन्धि गरेकै होइन । हामीले त अङ्ग्रेजहरूसँग सन्धि गरेको हो । हामीले ब्रिटिश सरकारसँग गरेको हो । इष्‍ट इन्डिया कम्पनी भनेको ब्रिटिश हो । भारत हुँदै होइन । जब अङ्ग्रेजले भारत छोडे त्यसैबेला त्यो सन्धि  खारेज हुनुपर्ने हो । सबै कानुन केलाउँदै जाने हो भने सुगौली सन्धि भङ्ग हुनसक्छ । अतिक्रमण गरिएको भूमि फिर्ता हुनुपर्दछ र हुन सक्दछ ।  


ठुल्ठूलो स्वरमा चिच्याउदै र चर्को बोलेर नेपालीलाई नाङ्लो ठट्टाएर हात्ती तर्साउने काम भैयाहरुले गरिरहेका छन्  । हाम्रो जमिन अब फिर्ता चाहियो ।  सुगौली सन्धि अङ्रेजले भारत छोडेकै दिन खारेज भयो । 


इस्बित सम्वत् १९४७ मा भारत स्वतन्त्र भयो  । अर्थात ब्रिटिश भारतबाट छाडेर गयो । जवाहरलाल नेहरू  भारतका पहिला प्रधान मन्त्री भए । जवाहरलाल चतुर मात्र होइन अति धूर्त नेता थिए । तत्कालीन नेपालका प्रधानमन्त्री मोहन शमशेरलाई बोलाएर दुनियाँदारी कागजमा सहीछाप ठोक्न लगाए  ।  “यदी गरेनौ भने राणा शासन सँधैका लागि खतम पार्दिन्छु,” भन्दै धम्कि दिए पछि सत्ताको लोभमा राणा मोहन शमशेर देश बेच्न तयार भै हाले । भारतिय स्वतन्त्रताको संग्राममा थुप्रै नेपालीहरु लागिरहेका कारण नेहरुलाई  नेपालको अवस्थाको बारेमा थाहा थियो नेपालमा चाँडै प्रजातन्त्र आउनेवाला छ भनेर । भारतीय भूमिबाट र भारतीय सरकारको प्रतक्ष्य सहयोगमा नेपाली युवाहरू नेपालमा राणा शासनको अन्तका लागि आन्दोलनको बिगुल फुक्न हत्तारी रहेका थिए । 


सचेत प्रजातन्त्रवादीहरू सत्तामा आए भने अतिकमण गरि गाभिएको भुभाग र भारतीय हैकमवाद मान्दैनन् भन्ने बुझिसकेका थिए । त्यही कारण आन्दोलन पूर्व नै मोहन शमशेरलाई घुँडा टेकाए जवाहरलाल नेहरुले । अतिक्रमित भुमि माथिको अधिकार नेपालले दावी गर्न नसक्ने परिवेश निर्माण गर्न थाले । छलछाम र दवाबमा सहीछाप गराएर भारतले  एक लौटीरुपमा काजगपत्र संझौता पत्रहरु बनायो । त्यहाँ कुनै अन्तराष्ट्रिय प्रचलन अनुसारको काम भएन । दुई देशका विज्ञ र आधिकारिक ब्यक्तिहरुलाई संझौता प्रक्रियामा सामेल गराइएन । लोकतान्त्रिक पद्धति द्वारा सहमति गरिएको थिएन ।


जबरजस्ती गरेर हाम्रो देशका अबुझ अशिक्षित तानासाहसँग गरिएका सम्पूर्ण सन्धि, सम्झौता शिक्षित आधुनिक नेपाली जनताले हेर्न पाउनु पर्छ र तेस्मा  Rectify  भन्ने शब्द हाल्नै पर्दछ। कानुनी भाषामा जबर्जस्ती भन्ने शब्द भेटिएमा हरेक कानुन खारेज हुन्छ।    


अब यो आन्दोलनले ब्यापक रूप लिने लागेको छ । ढिलै भएपनि यो मुद्धा अन्तर्राष्ट्रियकरण हुने क्रममा छ । नयाँ पुस्ताले नेपालको इतिहास र संझौताहरु बुझ्न थालेको छ । प्रलोभन र त्रास देखाएर गरिएका सन्धि संझौताले कानुनको कसरी उपहास गर्छ भन्ने नयाँ सन्ततीले बुज्दैछन् । विशाल नेपालको भूमि नियन्त्र गरिराख्ने सन्धि किन र कसरी गरिएको थियो भने कुरा छर्लंग भइसकेको छ । यसको कारक तत्वको उत्खनन गर्दै हामी प्रामाण दर्ज गर्न सक्षम छौं । यो सँगै ठुल दाइ भारतले के बुझ्नु पर्दछ भने टिस्टा नेपालको हो, काङडा नेपालको हो । महाकालीकी बात् छोड्दो । 


 ( हाल अमेरिकाको सानफ्रानसिस्कोमा बसोबास गरिरहेका अधिकारी नेपालको भौगोलिक इतिहासको जानकार र कानुनका अध्यता हुनुहुन्छ ।)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result