Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउन्डेसनद्वारा नेपालको आर्थिक अवस्था र भावी बजेट सम्बन्धी वेबिनार आयोजना

जेष्ठ १३, २०८१ १२:०० मा प्रकाशित
जय नेपाल फाउन्डेसनद्वारा नेपालको आर्थिक अवस्था र भावी बजेट सम्बन्धी वेबिनार आयोजना
Share on FacebookShare on Twitter

अमेरिका — जय नेपाल इन्टरनेशनल फाउन्डेसनले “नेपालको आर्थिक अवस्था र भावी बजेट” विषयमा एक वेबिनार आयोजना गरेको छ।

नेपालको समय अनुसार शनिबार बिहान आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, अर्थशास्त्री, प्राध्यापक, विद्यार्थी, स्थानीय निकायका जनप्रतिनिधि लगायत पत्रकारहरूको सहभागिता रहेको थियो।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डा. विश्व पौडेलले नेपालको अर्थब्यवस्थाको वर्तमान अवस्था तथा भावी दिनमा गर्नु पर्ने कार्यको बारेमा विभिन्न उदाहरण दिँदै आफ्नो धारणा राखेका थिए । नेपालमा बन्ने योजनाहरू समयमा निर्माण सम्पन्न नहुँदा धेरै लागत लागिरहेको कारणले देशले अनावश्यक रुपमा आर्थिक बोझ व्यहोर्नु परेको उनले बताए । उनले विश्वमा बढ्दो रुपमा रहेको आइटी क्षेत्रमा नीति नियम सहज बनाएर विकास गर्न टेवा दिनु पर्ने बताए । नेपालमा सरकारी अस्पतालको सेवा सुविधा दिने वातावरण राम्रो बनाउने हो भने सस्तोमा नै राम्रो अस्पतालमा पाइने सुविधा सबैले पाउन सकिने उनले बताए। डा. पौडेलले कृषि, यातायात, भौतिक पूर्वाधार, उद्योग लगायतका क्षेत्रको उदाहरण दिँदै नेपालले आफ्नो भावी नीति तथा बजेट मार्फत दीर्घकालीन योजना बनाएर लैजानु पर्ने बताए। नेपालमा एकातर्फ वैदेशिक लगानी ल्याउनु पर्छ भन्ने र अर्को तर्फ त्यो सम्बन्धी नियममा कडाइ गर्दै जाने गरेको देखिन्छ जसलाई हामीले भावी दिनमा सुधार गर्नु पर्ने देखिन्छ, उनले भने।

अमेरिकाको रोवान विश्वविद्यालयका सह-प्राध्यापक डा. कुल काप्रीले विश्वको अर्थतन्त्र र नेपालको अवस्थाको बारेमा जानकारी दिँदै नेपालले आफ्नो अवस्था अनुसार अर्थतन्त्रको विकास गर्न पाइला चाल्नु पर्ने बताए । डा. काप्रीले नेपालले विश्व बजारमा निर्यातमूलक वस्तु तयार गरी पठाउनुका साथै हिमालबाट बग्ने शुद्ध पानीलाई प्याक गरेर पठाउने, विश्वमा द्रुत गतिमा विकास भइरहेको आइटी क्षेत्रमा लगानी मैत्री वातावरण बनाउनु पर्ने बताए।

वेबिनारमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, अमेरिकामा कार्यरत सार्वजनिक यातायात विज्ञ डा. देशराज संयोक, एक गौतम, जय नेपाल इन्टरन्याशनल फाउन्डेसनका कोषाध्यक्ष गोविन्द श्रेष्ठ, जय नेपाल इन्टरन्याशनल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरका अध्यक्ष डा. डिल्ली बन्जाडे, अनिता परियार, भावुक राज न्यौपाने, अरुण कुमार सुबेदी, वंशलाल मोक्तान लगायतले आफ्नो सुझाव तथा धारणा राखेका थिए ।

कार्यक्रम डा. नीरज श्रेष्ठले संचालन गरेका थिए भने जय नेपाल इन्टरन्याशनल फाउन्डेसन अध्यक्ष डा. यादव पण्डितले सबैलाई धन्यवाद दिएका थिए।

जय नेपाल इन्टरन्याशनल फाउन्डेसनले यस अघि स्मार्ट सिटी अवधारणाबारे पनि वेबिनार आयोजना गरेको थियो।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result