काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी सहकारी पीडितको मुद्दामा गम्भीर रहेको बताएका छन् । उनले आइतबार कांग्रेसले गरेको सडक प्रदर्शनको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले सरकार अनुदार शैलीमा भएकाले सच्चिनुपर्ने धारणा राखे। उनले सभामुख रिमोट कन्टोलबाट चलेकाले संसदको गरिमा कायम गर्नुपर्ने र रिमोट कन्टोलबाट मुक्त हुनुपर्ने धारणा राखे।
लोकतान्त्रिक सवाल र संस्कृतिमाथि कसैलाई प्रश्न नउठाउन चेतावनी दिँदै उनले बल प्रयोगबाट राज्यसत्ता कब्जा गर्छौं भन्नेहरु संसदीय प्रक्रियामा सामेल भइरहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-