दुईवर्षको प्रतिबन्धपछि आइपीएलमा फर्केको चेन्नई सुपरकिंग्सले २०१० र २०११ पछि फेरी तेश्रोपटक फाइनल जितेको छ। मुम्बईको वानखेडे स्टेडियममा आज भएको फाइनलमा सनराइजर्स हाइदरावादलाई ८ विकेटले हराउँदै आइपीएल च्याम्पिएन भएको हो।
शेनवाट्सनको ५७ बलमा ११७ रन सहितको धमाकेदार ब्याटिंगको मद्दतले चेन्नई सुपरकिंग्सले ९ बल बाँकी छँदै म्याच आफ्नो नाममा पार्न सफल भयो। आइपीएल फाइनलमा सेन्चुरी बनाएर फाइनल जिताउने खेलाडीको रेकर्ड समेत वाट्सनले आफ्नो नाममा बनाउन सफल भए। यसअघि २०१४ को आइपीएल फाइनलमा किंग्स इलेवन पंजाबका खेलाडी रिद्दीमन शाहले कलकत्ता नाइटराइडर्ससंग भएको फाइनल खेलमा ११५ रन बनाएर पनि खेल जिताउन भने सकेका थिएनन्। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्सले फाइनल जित्दा उसको समर्थकहरुले स्टेडियम नै सबैतिर पहेंलो रंगले सजिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-