काठमाडौं । आजबाट हेटौंडामा बागमती प्रदेशको बजेट अधिवेशन सुरु हुँदैछ। प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक शुक्रबार बिहान ११ बजे बस्ने प्रदेससभा सचिवालयले जनाएको छ।
बैठकमा प्रमुख प्रतिपक्षसहित विभिन्न दलका नेताले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। यही जेठ १६ गते प्रदेशसभामा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम पेस गर्ने सहमती भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-