काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका उनले शनिबार प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोलेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।
आर्थिक वर्ष २०८०र८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले भने, “हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।”
उनले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए । “भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि रु डेढ अर्ब छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ”, उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-