काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ। तरुण दलले सोमबार चाबहिलमा मसाल जुलुस प्रदर्शन गरेको हो।
त्यसक्रममा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-