काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्ड आफैँले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पङ्क्ति संगठन निर्माणमा जुट्नुपर्ने अध्यक्ष लिङ्देनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-