Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाद्धारा मेक्सिकोबाट आयात हुने सबै सामानमा कर लगाउने घोषणा

जेष्ठ १७, २०७६ ५:४४ मा प्रकाशित
अमेरिकाद्धारा मेक्सिकोबाट आयात हुने सबै सामानमा कर लगाउने घोषणा
Share on FacebookShare on Twitter

अमेरिका, मे ३०/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिको सीमा क्षेत्रबाट गैरकानूनी आप्रवासीहरुको प्रवेश रोक्न मेक्सिकोले पहल नगरेको भन्दै आज एक आकस्मिक घोषणा मार्फत मेक्सिकोबाट आयात हुने सबै सामानहरुमा आगामी जुन १०, २०१९ बाट  लागु हुने गरी ५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्। इन्टरनेशनल इमर्जेन्सी इकोनमिक पावर एक्ट’ले राष्ट्रपतिलाई दिएको अधिकार प्रयोग गर्दै राष्ट्रपति ट्रम्पले उक्त आकस्मिक घोषणा गरेको ह्वाइट हाउसले आज मे ३० मा जारी गरेको विज्ञप्तिमा जनाइएको छ। मेक्सिकोले तत्काल मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोज्ने गैरकानूनी आप्रवासीलाई नरोके जुलाई १ देखि  १० प्रतिशत, अगष्ट १ मा १५ प्रतिशत, सेप्टेम्वर १ मा २० प्रतिशत र अक्टुवर १ देखि २५ प्रतिशत कर लगाइने राष्ट्रपतिको घोषणामा उल्लेख गरिएको छ। मेक्सिकोले तत्काल बोर्डरमा रहेको समस्या समाधानतर्फ चित्तबुझ्दो कदम चालेमा घोषित कर हटाइने विषय पनि राष्ट्रपतिको घोषणामा समेटिएको छ। 

राष्ट्रपतिले आफ्नो घोषणामा भनेका छन् कि- “म अमेरिकी सार्वभौमिकतामा कुनैपनि किसिमको हस्तक्षेप वा आक्रमण हुन दिन्न र अमेरिकी कानूनलाई कसैले अवज्ञा गर्ने र हाम्रो सीमा माथि कुनैपनि खालको अनादार हुन दिन सक्दिन।”

राष्ट्रपति ट्रम्पले मेक्सिकोले समस्या समाधानमा ध्यान नदिए मेक्सिकोमा रहेका अमेरिकी कम्पनिहरु अमेरिका आउनु पर्ने वा २५ प्रतिशतको अधिकतम कर सहित उत्पादित सामान अमेरिका निर्यात गर्न तयार हुनुपर्ने बताएका छन्। 

ह्वाइट हाउसको विज्ञप्ति लगत्तै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जुन १० देखि मेक्सिकोबाट आयात हुने सबै सामानमा पाँच प्रतिशत कर लगाइने र अबैध आप्रवासीको घुसपैठ नरोकिए करको दर बढाईंदै लगिने छ भनेका छन्। मेक्सिकोले उसको देश भएर आउने गैरकानूनी आप्रवासीलाई अमेरिका प्रवेशमा रोक्नै पर्ने बताएका छन्। 

हितो मात्रै अमेरिकी सीमा अधिकारीहरुले टेक्ससको एलपासो स्थित अमेरिका-मेक्सिको बोर्डरबाट प्रवेश गर्न खोज्ने १०३६ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको राष्ट्रपति ट्रम्पले आज एक ट्वीट सन्देशमा लेखेका छन्। 

राष्ट्रपतिको ताजा घोषणाले मेक्सिकोबाट आयात हुने तरकारी, फलफूल लगाएतका दैनिक उपभोग्य सामग्रीहरुको मूल्य बृद्धि हुने निश्चित छ। फोर्ड, जनरल मोटर कम्पनी, कोकाकोला लगाएतका ठूला अमेरिकी कम्पनिहरुलाई राष्ट्रपतिको घोषणाले ठूलो असर पर्ने देखिन्छ भने मेक्सिकोलाई समेत निकै ठूलो दबाव पर्ने निश्चित छ। 

स्रोत: ह्वाइट हाउस तथा राष्ट्रपति ट्रम्पको ट्वीट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result